चार्ल्स शोभराजलाई थुना राखेकोबारे सर्वाेच्चको कारण देखाउ आदेश

डिसी नेपाल
८ पुष २०७८ १४:१४

काठमाडौं। सर्वाेच्च अदालतले चार्ल्स शोभराज गुरुमुखलाई थुनामा राखेकोबारेमा कारण देखाउ आदेश जारी गरेको छ। सर्वाेच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले उनलाई थुनामा राख्नुको कारण पेस गर्न सरकारलाई आदेश दिएको हो।

उनी कारागार कार्यालय जगन्नाथदेवलमा थुनामा छन्। उमेर र आधा सजाय कटाइसकेकाले आफूलाई छाड्नुपर्ने माग शोभराजको छ।

सिरियल किलरको उपाधि पाएका शोभराजले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, कारागार व्यवस्थापन विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौ र कारागार कार्यालय जगन्नाथदेवललाई विपक्षी बनाई बुधबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *