कांग्रेस केन्द्रीय सदस्य पुरुष खस आर्य क्लस्टरमा कस्को कति मत ? (सूचीसहित)

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत विभिन्न क्लस्टरमा उम्मेदवारी दिएका उम्मेदवारहरुको मतगणना अन्तिम चरणमा पुगेको छ। अहिले ७ वटा कोटा रहेको पुरुष खसआर्य केन्द्रीय सदस्यको मतगणना अन्तिम चरणमा पुगेको छ।
अहिलेसम्म ३८२६ मत गणनाहुँदा पूर्वमन्त्री केशवकुमार बुढाथोकी १६६६ मत सहित अग्रस्थानमा रहेका छन्। त्यस्तै १६४२ मत सहित गोविन्दबहादुर शाह दोस्रो स्थानमा रहेका छन्।
सूचीसहितः
१.केशवकुमार बुढाथोकी १६६६
२.गोविन्दबहादुर शाह १६४२
३.मधु आचार्य १५५०
४.भीम पराजुली १५४९
५.श्याम कुमार घिमिरे १४८६
६.नारायणबहादुर कार्की १४४५
७.गेहेन्द्र गिरि १३९३
८.विष्णु कुमार कार्की १३४६
९.कमलबहादुर शाह १३३८
१०.हरिबोल भण्डारी १२८९
११.ताराबहादुर कोइराला १२८९
बाँकी गणना हुँदैगरेको निर्वाचन समितिले जनाएको छ।
Facebook Comment