तीनै तहको निर्वाचन आवश्यकः अध्यक्ष ओली

डिसी नेपाल
८ पुष २०७८ १८:२३

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अब तत्कालै सरकारले तीन तहको निर्वाचन घोषणा गर्नुपर्ने बताएका छन् । नेकपा (एमाले)को जिल्ला समिति पर्साले आज जगरनाथपुरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले वर्तमान सरकारले तत्कालै तीनै तहको निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्ने औँल्याए ।

उनले कृषिको आधुनिकीकरण र विद्युतीकरणको विकासले मात्र मुलुकको समृद्धि तथा विकास सम्भव भएकाले यसका लागि सरकारको ध्यान केन्द्रित हुनुपर्ने जिकिर गरे। उनले सामाजिक सुरक्षादेखि जनताको जीवनस्तर उकास्नका लागि नेकपा (एमाले)ले विगतमा विभिन्न कार्य गरेको दावी गरे ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *