टन्सिल भएकाे छ ? यस्ता छन् घरेलु उपायहरु

डिसी नेपाल
९ पुष २०७८ ११:१७

टन्सिल हुनु भाइरल अथवा ब्याक्टेरियाको संक्रमण हो । जसले घाँटीको टन्सिल भएको भागमा दुख्ने तथा खसखस हुने समस्या उत्पन्न गराउँछ । खासगरी यस्तो स्थितिमा रोगीको घाँटी र कानमा पीडा हुने गर्दछ । टन्सिल जुनसुकै उमेर समुहका मानिसहरुलाई पनि लाग्न सक्छ । टन्सिल हुँदा घाँटी दुख्ने , थुक निल्दा वा खाना खाँदा अफ्ठयारो हुने, ज्वरो आउने जस्ता समस्या उत्पन्न हुन्छन् ।

टन्सिल चामल, मैदा , चिसो पेयपदार्थ , अमिलो चीज धेरै सेवन गर्नु टन्सिलको मूख्य कारण हो । यस्तै मौसममा अचानक परिवर्तन आउनाले पनि टन्सिल हुनसक्छ ।

टन्सिल हुँदा अपनाउनुहाेस् घरेलु उपायहरु :
–प्रशस्त मात्रामा झोलिलो पदार्थको सेवन गर्ने फ्रिजको वा अन्य कुनैपनि चिसो चिजको सेवन नगर्ने ।

–टन्सिल भएमा तातो पानीको नियमित सेवन गर्नु पर्छ ।

– तातो पानीमा प्याजको रस मिलाएर घाँटीमा कुल्ला गरेमा आराम मिल्नुका साथै यस समस्याबाट छुटकारा पाउन सकिन्छ ।

–प्याजलाई पिसेर जुस निकालेर एक कप मनतातो पानीमा मिलाएर घाँटीमा गार्गेलिङ गर्नु पर्छ ।

–नियमित रुपमा नुन हालेको मनतातो पानीले गार्गेलिङ गर्नुपर्छ । जसले गलामा आराम मिल्छ ।

–अदुवा, इलायची र मरिचको चियाले गलाको खराबमा आराम मिल्छ । थोरै बेसारको धुलो , थोरै मरिचको धुलोलाई १ चम्चा अदुवाको रसमा मिसाएर तताउनुहोस् । राति सुत्ने समयमा महमा मिसाएर यसको प्रयोग गर्नुहोस् । २–३ दिनसम्म नियमित प्रयोग गर्नाले सुनिने समस्या निको हुन्छ ।

– थोरै दालचिनीको धुलोलाई महमा मिसाएर दिनमा नियमित रुपमा ३ पटक सेवन गर्नाले आराम मिल्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *