माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनका प्रतिनिधि टुंग्यायो, १० प्रतिशत प्रतिनिधि मनोनित गर्ने

डिसी नेपाल
९ पुष २०७८ १९:०७

काठमाडौं । नेकपा माओवादी केन्द्रले पुष ११ देखि १३ गतेसम्म हुने प्रथम राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि टुंग्याएको छ ।

शुक्रबार बसेको स्थायी कमिटी बैठकमा राष्ट्रिय सम्मेलनका लागि नियमित प्रक्रियाबाट आउने एक हजार चार सय ८३ जना प्रतिनिधि टुंग्याउने निर्णय भएको माओवादी केन्द्रका पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताए ।

यसैगरी, बैठकले १० प्रतिशत प्रतिनिधि मनोनयन गर्ने जिम्मा प्रचण्डलाई दिइएको छ । यसअघि ५ प्रतिशत प्रतिनिधि मनोनित गर्ने बताइए पनि पार्टी एकताको प्रक्रियामा आउने संख्या पनि जोडेर दश प्रतिशत प्रतिनिधि मनोनयन गर्ने निर्णय गरेको उनले बताए ।

माओवादी केन्द्रको बैठकमा पार्टी अध्यक्ष प्रचण्डले प्रथम राष्ट्रिय सम्मेलनका लागि राजनीतिक प्रतिवेदन पेश गरेपनि यसमाथि भने थप छलफल र अध्ययन हुने बताइएको छ । यसका लागि स्थायी कमिटीको बैठक भोलि शनिबार अपरान्ह १ बजे पुनः बस्ने जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *