भुटानी नेपाली ठिटोको अमेरिकामा लोभ लाग्दो छलाङ

ऋषिराम कट्टेल
१० पुष २०७८ ८:२२

कोलम्बस/अमेरिका । अमेरिकाको मध्यपश्चिमी राज्य ओहायोमा भर्खरै जिएन इन्टरनेशनल ग्रोसरी खुलेको छ, निकै ठूलो, सम्भवत नेपालीभाषी कसैले पनि खोलेका छैनन् यति ठूलो।

ओहायो राज्यको राजधानी कोलम्बस नजिकैको शहर पिकरिन्टनमा खुलेको यो स्टोर देख्ने जो कोहीले पनि पक्कै भन्छ अमेरिकामा पनि यति नेपाली सामानको स्टोर। त्यो नेपाली दैनिक उपभोग्य सामाग्री पाउने बडेमानको भवन देख्नेको मानसपटलमा आउला निकै ठूलै ब्यापारीले पैसा खन्याएछ।

तर यो स्टोरमात्र हैन त्यो भव्य भवनका मालिक गोविन घिमिरेलाई देख्दा झस्किँदै तपाई भन्नु  हुनेछ, ओहो यो फुच्चे यसको मालिक! हो, शरणार्थीको रुपमा १२ वर्ष अघि तेस्रो देशमा पुनर्वास आएका गोबिन घिमिरे त्यसका परिकल्पनाकार, हर्ताकर्ता र एक हिस्सेदार हुन्। पूर्बी नेपालको झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविरबाट २००९ मा अमेरिका आइपुगेका उनी सानै उमेरमै ब्यापारबाट चम्केका एक ब्यवसायी हुन्।

जातीय सफायाको नाममा भुटानी सरकारले नेपालभाषी भुटानी (ल्होत्साम्पा) लाई देश निकाला गरेपछि उनका बुवाआमा बेलडाँगी शरणार्थी शिविरमा आएर बसेका थिए। गोविन त्यही शिविरमा जन्मेका थिए। अमेरिका आएर १६ वर्षकै कलिलो उमेरमै ब्यापारमा लागेका उनले ७ वर्षको अवधिमै लोभ लाग्दो छलाङ मात्रै मारेका छैनन् भुटानी नेपाली समुदायका ‘आइडल’ बनेका छन्।

कोलम्बसका रहेको भुटानी नेपालीहरुको संस्था भुट्नीज कम्युनिटी अफ सेन्ट्रल ओहायोका अध्यक्ष झुमनाथ आचार्य भन्छन्, ‘शरणार्थी शिविरमा जन्मेर मेहनत र आत्मविश्वासले कलिलै उमरेमा यस्तो सफलता हासिल गर्ने उनी हाम्रो समुदायका धेरैका लागि उत्पे्ररणाका स्रोत हुन्।’

उनका अनुसार अमेरिकामा भुटानी नेपालीको समाजमा यस्तो समृद्धिको नमुनाले सिंगो समाजले गर्व गर्नुपर्छ। यो स्टोर खुलेपछि त्यस आसपासका बासिन्दाले इन्डियनको पटेल ब्रदर्स, कोरियन वा चाइनिज इन्टरनेशनल मार्केट धाइरहनु परेको छैन।

नेपालको शरणार्थी शिविरमा जन्मेका नेपालीभाषी भुटानी गोविन घिमिरेले अमेरिकामा २४ वर्षको कलिलो उमेरमै ब्यापारमा लोभ लाग्दो छलाङ मात्रै मारेका छैनन् भुटानी नेपाली समुदायका ‘आइडल’ पनि बनेका छन्।

संयुक्त राष्ट्र संघको शरणार्थी सम्बन्धीको उच्च आयोगले नेपालभाषी भुटानीलाई अमेरिका र युरोप ल्याउन थालेपछि गोविन आफ्ना बुवा, आमासहित न्युयोर्क राज्यको बफेलो शहर आएका थिए सन २००९ मा।

जहाँ बुवा लीला घिमिरेले एउटा साँस्कृतिक समूहको लागि नेपालबाट ड्रेस मगाउने क्रममा अर्को एक झोला सामान आफूलाई पनि मगाएर घरबाटै सानो ब्यापार शुरु गरेका थिए। बफेलोमा रहेका सानो संख्याको समुदाय भन्दा ठूलो संख्यामा रहेको टेक्सासको सेनेन्टोनिया सरे।

त्यहाँ पुग्दा त्यहाँका ठूलो संख्याका मान्छे आहोयो सरिरहेको पाए, अनि ११ महिनाको त्यहाँको बसाइ बिट मार्दै ओहायोको राजधानी कोलम्बस हानिए लीला परिवारसहित। त्यसपछि शुरु गरे कपडाको पसल एसियन क्लोथिङ एण्ड एसेसरिज्, त्यो समय नेपालीको जनघनत्व धेरै भएको मोर्सरोड एरियामा।

त्यसको एक वर्षपछि गोविनले बुवासँग अनुरोध गरेका थिए केही पैसा दिनुुस आफै छुट्टै ब्यापार गर्छु  भनेर। १६ वर्षको फुच्चे त्यसमा थियो ठाउँ नेपाल थिएन, भुटान थिएन। अमेरिकामा भनेजस्तो सजिलो पनि थिएन। लीला असमाञ्जस्यतामा परे।

तर छोराको लगाव, आँट, आत्मविश्वास अनि उनले स्थापित गरेको ठूलो जनसम्पर्कका कारण छोरामाथि लगानी गरि दिए १ लाख २५ हजार अमेरिकी डलर। १५०० क्वायर फिट क्षेत्रफलको ठाँउबाट एकजना पार्टनर लिएर ग्रोसरी स्टोर शुरु गरे। ‘एक वर्षमा बुवाको पैसा फिर्ता गरें, अर्को वर्ष पार्टनरको पैसा दिएर स्टोर एकलौटी बनाए“’, गोविन गौरवन्वित बन्दै भन्छन, ‘त्यसपछि अर्को बर्ष अर्को ठूलो स्टोर शुरु गरेँ।’

४ हजार स्वायरफिट क्षेत्रफलको नेपाली बजार नामको नयाँ स्टोर खोलेर त्यस ठाउ“को नमुना स्टोर जस्तै बनाए। २ दर्जन हाराहारी नेपाली ग्रोसरी स्टोर, सुन पसल , कपडापसल रहेको मोर्स रोड क्षेत्रमा उनको ब्यापार निकै लोभलाग्दो देखिन्थ्यो।

त्यसको ३ वर्षमा जिएन इन्टरनेशनल ग्रोसरी खोेले। ‘सानो उमेरमै उनले जुन साहस, आत्मविश्वासले जसरी ब्यापारमा उल्लेखनीय ढंगले छलाङ मारेका छन्, हाम्रो सिंगो समुदायले यसमा गर्वानुभूुति गर्नुपर्छ,’ रेनोल्सबर्ग सिटी काउन्सिलका सदस्य तथा कोलम्बसको भुटानी नेपाली समुदायका अगुवा भुवन प्याकुरेल भन्छन्, ‘शरणार्थीको रुपमा आएकाहरु यहाँको रिसोर्स मात्र प्रयोग गर्छन् टेकर (लिने) मात्र हुन भन्नेलाई उनले राम्रो जवाफ दिएका छन्, टेकर मात्र हैन गिभर (दिने) पनि हुन भनेर। उनले ठूलोमात्रामा ट्याक्स तिर्छन्, धेरैलाई रोजगारी दिएका छन्। उनको यो सफलताको कथाले अरुलाई उत्प्रेरणा दिन्छ।’

उनका पिता लिला छोरालाई शुरुमा लगानी गर्ने बाहेक केही नगरेको बताउँछन्। ‘भन्नेले त भन्छन् बाउ ब्यापारी भएपछि छोरो त्यसै ब्यापारी भइहाल्यो नि’, लिला भन्छन्, ‘तर उसलाई शुरुमा लगानी गर्ने बाहेक जे जतिग¥यो उसको आफ्नो मेहनत, बलबुता, आँट, आत्मविश्वासले गरेको छ, मैले उसलाई अरु केही सहयोग गर्नै परेन।’

गोविन कोलम्बस आएर पसल शुरु गर्दा नेपालीभाषी भुटानीहरु विभिन्न राज्यबाट कोलम्बस सरिरहेका थिए। बिस्तारै भुटानबाट नेपाल हुँदै अमेरिका आएको सबैभन्दा बढी जनसंख्या यही महानगरमा ओइरिरहेको उनले हेरिरहेका थिए।

उनले स्टोर संचालन गरिरहेको कोलम्बसमा अपार्टमेन्टमा भाडामा बस्नेहरु धेरै र घर किनेर चै कोलम्बसबाट थोरै टाढा पिकरिन्टन, क्यानलविन्चेष्टर, पटासकला, रेनोल्सबर्ग, ब्ल्याकलिक जस्ताशहरमा सर्नेको हुल नै थियो। यहाँ अहिले भुटानी नेपालीको गाउ“ नै छ । यस क्षेत्रमा अहिले झण्डै ३० हजार भन्दामाथि भुटानी नेपाली रहेका बताइन्छ।

घर किनेर बस्ने नेपालीभाषी मात्र हैन, अरु एसियनदेखि भारतीय, बंगाली, पाकिस्तानीहरुलाई लक्षित गरेर उनले अन्तर्राष्ट्रिय ग्रोसरी स्टोरको परिकल्पना गरे। त्यसलाई मुर्त रुप दिनअर्का लगानीकर्ता खोजे नन्दी अधिकारी। अनि २५ हजार स्वायर फिट क्षेत्रफलको बिल्डिङ किनेर त्यसभित्र शुरु गरे जिएन इन्टरनेशन लग्रोसरी। यही भवनमा केही समयभित्र सुन पसल र रेष्टरेन्ट पनि शुरु हुँदैछ।

गोविन ब्यापारमा लागेर सफलता हासिल गर्दै गएपछि उनका बुवाका दाइहरु र दिदी सबै ब्यापारमै आए। सबैको ओहायो र पेन्सिलभेनियमा गोविनको जस्तै ब्यवसाय छ। गोविन स्टोर चलाएर बसेका मात्र छैनन्, होलसेलर पनि हुन्। ओहायोको कोलम्बसदेखि सिन्सिनाटीसम्म उनकोबाट सामान लगेर बेच्छन्।

‘२३‐२४ वर्षको कलिलै उमेरको मान्छेले यति ठूलो आँट गरेर अघि बढ्नु एउटा उदाहरणीय काम मान्नुपर्छ’, ३० वर्षदेखि कोलम्बस नजिकको डव्लिन बस्दै आएका गैरआबासीय नेपाली संघ अमेरिकाका संस्थापक बरिष्ठ उपाध्यक्ष तथा ओहायो राज्य सरकारका कर्मचारी मुकेशकुमार सिंह भन्छन्, ‘तेस्रो मुलुकमा आफ्नो, बल, मेहनत र पौरखले समृद्घितर्फ लम्किरहेको एक सशक्त उदाहरण हुन् उनी।’ अहिले उनका दुई स्टोरमा १२ जनालाई रोजगारी दिएका छन्। ‘जिएन शुरुवाती चरण भएकाले थोरै छन् तर विस्तारै बढ्दै जान्छन्,’ गोविन भन्छन्।

एकताका नेक्सस क्रियशन नामक संस्थामार्फत उनी छोटा चलचित्र, म्युजिक भिडियो बनाउँथे। नेपाली चलचित्र कोलम्बसमा ल्याएर चलाए। आफैं क्यामेरा चलाउँछन्, भिडियो सम्पादन गर्छन्। ओहायोमै हुँदै आएका गीतसंगीत र नृत्यका प्रतिभालाई प्रोत्साहित गर्ने मेरो भ्वाइस कप युएसए, मेरो डान्स कप युएसएको लाइभ एडिटर उनी नै हुन्। ‘मेरो सोख भनेको चलचित्र, म्युजिक भिडियो, रियालिटी सो निर्माण हो’ घिमिरे भन्छन्, ‘तर त्यसको लागि पैसा चाहियो, केही समयपछि ब्यापारलाई एउटा ठाउ“मा पुगेपछि फेरि त्यतापनि सक्रिय हुनेछु। ’

अनौठो संयोग के छ भने गोविन ब्यापारमा लागेर सफलता हासिल गर्दै गएपछि उनका बुवाका दाइहरु र दिदी सबै ब्यापारमै आए। सबैको ओहायो र पेन्सिलभेनियमा गोविनको जस्तै ब्यवसाय छ। गोविन स्टोर चलाएर बसेका मात्र छैनन्, होलसेलर पनि हुन्। ओहायोको कोलम्बसदेखि सिन्सिनाटीसम्म उनकोबाट सामान लगेर बेच्छन्।
‘अब चै जिएन इन्टरनेशनललाई चेनको रुपमा अरु शहरमा खोल्ने कुराकानी भइरहेको छ’, हाल रेनोल्सबर्ग शहरमा बस्दै आएका उनी सुनाउँछन्।

नेपालबाट सामान ल्याएर यसैको नाममा ब्रान्डिङ गरेर बृहत रुपमा अरुलाई सप्लाई गर्ने तयारी उनको छ। नेपालको अकबरे खुर्सानीको अचार, सिन्कीदेखि मार्सी चामलसम्म बेच्छन्। बार्षिक लगभग ७ लाख डलरका सामान नेपालबाट मात्र ल्याउने बताउँछन्। भन्छन्, ‘भारतका भन्दा नेपालका स्थानीय उत्पादनलाई बढी महत्व दिएको छु।’

भुटानमै गोबिनको हजुरबाको सानो रेष्टुरेन्ट थियो सर्वाङ जिल्लाको गेलेफुको लसल सिनेमा हल छेवैमा। पछि वुवा लीलाले नेपालमा बेलडाँगीमा कपडा पसलदेखि फोटो स्टुडियो खोले, फोन कल गर्ने कम्युनिकेशन सेन्टर चलाए। कतै सफल होइन्छ कि भनेर धेरै संघर्ष गरे। तर आज तेस्रो देशमा आएर छोराले पाएको लोभ लाग्दो सफलताले बाबुले छाती फुलेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *