इन्टरनेटबाटै गर्नुस् वसन्तपुरको अवलोकन

डिसी नेपाल
११ पुष २०७८ १८:०३

काठमाडौं । कुनै पनि स्थानको अवलोकन गर्नका लागि उक्त स्थानमा नै पुग्नुपर्ने व्यवस्थाको अन्त्य गर्दै हनुमान ढोका दरबार क्षेत्रले विश्वको जुनसुकै स्थानबाट पनि उक्त ऐतिहासिक स्थानको अवलोकन गर्न सक्ने व्यवस्थाको तयारी थालेको छ ।

आमनागरिकले उक्त व्यवस्थाको प्रयोग यही पुस १२ गतेबाट गर्न सक्नेछन् । पहिलो पटक अभ्यास गर्न लागिएको उक्त व्यवस्थाको सुरुमा अनलाइन अवलोकन गरेवापत कुनै पनि शुल्क लाग्ने छैन । कोरोनाका कारण राम्रोसँग विगत दुई वर्षदेखि अवलोकनकर्ताले वसन्तपुर क्षेत्रको अवलोकन गर्न पाएका छैनन् । यसरी लामो समयसम्म महत्वपूर्ण र ऐतिहासिक सम्पदाको अवलोकन गर्न नपाउँदा जनगुनासो बढेपछि अड्डाले भर्चुअल आध्ययमबाट हेर्न सकिने व्यवस्था गर्न लागेको हो ।

त्यति मात्रै होइन यही पुस १ गतेदेखि अवलोकनकर्ताको सहजताका लागि भन्दै अड्डाले यस क्षेत्रको अवलोकनका लागि अनलाइन टिकटको पनि व्यवस्था गरेको छ । पहिलो पटक यसरी अभ्यास गरिएकाले अनलाइनबाट टिकट काट्नेको सङ्ख्या भने अत्यन्तै कम रहेको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *