बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफल (सूचीसहित)

डिसी नेपाल
१२ पुष २०७८ १६:०२

काठमाडौं । माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत राजनीतिक र विधान प्रतिवेदनमाथि छलफल गर्न समूहगत विभाजन गरिएको छ ।

बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक प्रतिवेदन तथा देव गुरुङ विधान मस्यौदा प्रस्तुत गरेका थिए ।

प्रचण्ड र गुरुङले प्रस्तुत गरेका दुवै प्रतिवेदनमाथि छलफल गर्न २५ समूह बनाइएको छ । प्रदेशगत रूपमा समूह विभाजन गरी संयोजक र ठाउँहरू तोकिएको छ ।

१. ज्येष्ठ क्युनिस्ट मञ्चः एमके प्रसाईं संयोजक, ठाउँ मञ्च अगाडि ।

२, ३. सल्लाहकार कमिटीः संयोजन नन्दकुमार थापा, मञ्चको दायाँबायाँ, १३९ को आधा आधा विभाजन गरेर दुइटा ।

४, ५. प्रदेश १ः दुई भागमा बाँडेर । हर्क नेम्वाङ संयोजन, ठाउँ भानुभक्त हल ।

६, ७. प्रदेश २ः पारिजात हल, गणेश साह, यो पनि दुई भागमा

८, ९. लुम्बिनी प्रदेशः चक्रपाणि खनाल, सिद्विचरण हल, पुस्तकालयनेर

१०, ११. गण्डकी प्रदेशः गायत्री गुरूङ, पेरिसडाँडाको माथिल्लो हल

१२. प्रवास समितिः लक्ष्मण पन्त, पेरिसडाँडा मजदुर हल

१३, १४. कर्णाली प्रदेशः विमला केसी एनवान पार्टी प्यालेस, बानेश्वर, दुइटा हल । अर्को हलमा

१५, १६. सुदूरपश्चिमः खगराज भट्ट

१७, १८. केन्द्रीय विभागहरूः मायाप्रसाद शर्मा, क्वालिटी ब्यांकेट, बुद्वनगर, दुइवटा समूह बनाएर ।

१९. विशेष प्रदेशः जगत सिंखडा, क्वालिटीमै ।

२०, २१. सम्पर्क समन्वय प्रदेशः श्रीकृष्ण अधिकारी, क्रिस्टल पार्टी प्यालेस, बिजुलीबजार, दुइटा समूह

२२, २३. बागमती प्रदेशः काठमाडौं ब्याकेट, सरल सहयात्री

२४. सम्पूर्ण आयोगहरूः काठमाडौ व्यांकेटमै, संयोजक विष्णुविकास श्रेष्ठ

२५. जबस, मोर्चाका इन्चार्जहरूः केन्द्रीय कार्यालयमा रहेको, एकता प्रक्रियामा आएकाहरू यो समूहमा रहने । यो पनि काठमाडौं ब्याकेटमै, अमृता थापा संयोजन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *