चिसोबाट कसरी बच्ने ? डा.नीरज बमका टिप्स

डिसी नेपाल
१३ पुष २०७८ ९:१८

काठमाडौँ। देशभर चिसो बढेको छ । पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भएसँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ ।

काठमाडौं उपत्यकासहितका मुलुकका विभिन्न क्षेत्रमा बदली छ । जसकारण आज बिहान चिसो झनै बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र बुधबार वर्षा र हिमपातको सम्भावना छ । जसले चिसो झन बढाउनेछ ।

चिसोका कारण रुघाखोकी, ज्वरो, उच्च रक्तचाप, घाँटीको श्वासनलीमा एलर्जी बढ्ने, छाला चिलाउने समस्या देखिन्छ । काठमाडौं लगायत क्षेत्रमा तापक्रम घटेको छ । घाम पनि पारिलो लाग्दैन, बदली भइरहन्छ । तराईमा शीतलहर चल्ने गरेको छ । घाम पर्याप्त नपाउदा ‘भिटामिन डि’को पनि कमी हुन्छ, जसले रोगसँग लड्ने क्षमता पनि स्वतः कम हुन्छ ।

वायु प्रदूषण पनि बढ्दै गएको छ । सुक्खायाममा सडकमा धुलोधुवाँ उड्छ । चुरोटको धुवाँ पनि हावामा मिसिने भएकाले यो स्वास्थ्यका लागि झनै हानिकारक हुन्छ । जसकारण रुघाखोकीको संक्रमण हुन्छ ।

जाडोमा विशेष रुपमा बालबालिका र ज्येष्ठ नागरिक जोखिममा हुन्छन् । जेष्ठ नागरिकमा उच्च रक्तचाप,दमको समस्या बढ्छ भने हृदयघात, सुगरको समस्या पनि निम्तन्छ । शिशुमा निमोनिया,फ्लुको संक्रमण वृद्धि हुने देखिन्छ ।

चिसोमा संक्रमणको जोखिम पनि उत्तिकै रहन्छ । चिसोबाट कसरी जोगिने ? बालबालिका र वृद्धवृद्धाको हेरचाह कसरी गर्ने ? यस विषयमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जका छातीरोग विशेषज्ञ डा. नीरज बमका टिप्स यस्ता छन् ।

१. चिसोबाट जोगिन न्यानो कपडा लगाउनुपर्छ।
२. सकेसम्म घर, कोठाको वातावरणलाई न्यानो पार्नु पर्छ ।
३. हिटरको प्रयोग गर्दा, आगो बाल्दा भेन्टिलेटर खुला राख्नुपर्छ ।
४. बिहान पूजापाठ गर्न स्नान गर्दा सकेसम्म तातो पानीको प्रयोग गर्नुपर्छ ।
५. बिहानबिहानै कसरत गर्न जानेहरूले विशेषरुपमा न्यानोे लुगा लागाएर मात्र जानुपर्छ ।
६. झोलिलो पदार्थको सेवन अधिक मात्रामा गर्ने
७. तेल मसाज गर्ने




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *