भारतमा ओमिक्रोनबाट ७८१ संक्रमित

डिसी नेपाल
१४ पुष २०७८ १३:३१

नयाँ दिल्ली। भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन दिनानुदिन बढ्दै गइरहेको छ। स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ७८१ पुगेको छ ।

भारतको २१ राज्यमा ओमिक्रोन फैलेको छ। ओमिक्रोनबाट संक्रमित हुनेमध्ये सबैभन्दा धेरै नयाँ दिल्लीका छन् । पछिल्लो तथ्यांकअनुसार दिल्लीमा २३८ र महाराष्ट्रमा १६७ जनामा नयाँ भेरियन्ट देखिएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा नौ हजार १९५ जनामा कोरोना भाइरस फेला परेको छ  । यो संख्या अघिल्लो दिनको तुलनामा ४४ प्रतिशतले बढी हो । सरकारले खोप अभियानलाई तीव्र पारेको छ । भारतमा अहिलेसम्म एक अर्ब ४३ करोड डोज कोभिड खोप खपत भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *