गिरिराजमणि पोखरेललाई माओवादी नेताले ‘अपराधी’ को संज्ञा दिएपछि…

डिसी नेपाल
१५ पुष २०७८ ९:४५

काठमाडौं। नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रको तेस्रो दिन बुधबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन तथा स्थायी कमिटी सदस्य देव गुरुङले प्रस्तुत गरेको विधान मस्यौदामाथि समूहगत छलफल भइरहेको थियो।

सो विषयमा २५ वटा समूह बनाइ समूहगत भएकोे छलफलका क्रममा समूह ६ र ७ मा प्रदेश २ का प्रतिनिधि सहभागी थिए। अध्यक्षको राजनीतिक प्रतिवेदन र स्थायी कमिटी सदस्य गुरुङको विधान मस्यौदामाथि छलफलका क्रममा प्रदेश २ का माओवादी नेता सत्यनारायण भवतको बोल्ने पालो आयो। समूह ६ र ७ को समन्वय गर्ने जिम्मेवारी पाएका थिए नेता गणेश साहले।

नेता भगतले बोल्ने क्रममा माओवादी नेता गिरिराजमणि पोखरेललाई अपराधीको संज्ञा दिए। उनले माओवादी जनयुद्धमा पहिलो मधेसी सहिद बनेका रामवृक्ष यादवको सालिक ढालेर निर्मल लामाको सालिक बनाउन लागेको भन्दै आपत्ति जनाए। उनले रामवृक्ष यादवको सालिक पोखरेलको अगुवाईमा ढालिएको उल्लेख गर्दै सहिदको सालिक ढाल्ने मान्छे नेता नभएर अपराधी भएको उनले आरोप लगाएका थिए।

माओवादी जनयुद्धका क्रमम मधेसको पहिलो सहिद बनेका रामवृक्ष यादवको सालिक महोत्तरीमा निर्माण गरिएको थियो। गत वर्ष उक्त सालिक ढालेर सो ठाउँमा निर्मला लामाको सालिक बनाउन लागेको भन्दै माओवादी भित्र विवाद हुँदै आएको छ।

यादवको सालिक ढालेपछि सहिदको अपमान गरेको भन्दै बुधबार सत्यनारायण भगतले पोखरेलमाथि सालिक ढालेर अपराध गरेको आरोप लगाएका हुन्।
नेता पोखरेल महोत्तरीबाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। उनलाई मधेसमा प्रभाव भएको नेताका रुपमा लिने गरिन्थ्यो।

नारायणकाजी श्रेष्ठ निकट मानिने पोखरेलबाट मधेसको प्रतिनिधित्व हुन नसक्ने भन्दै भगतले आपत्ति जनाएका थिए। भगतले पोखरेलमाथि अपराध गरेको आरोप लगाउँदा पोखरेलले कुनै जवाफ नदिएको स्रोतले जनाएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *