संविधानका पक्षधर शक्तिबीच सहकार्य र मेलमिलाप आजको आवश्यक्ताः गगन थापा

डिसी नेपाल
१६ पुष २०७८ १४:२६

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधानका पक्षधर राजनीतिक शक्तिबीचको सहकार्य र मेलमिलाप आजको आवश्यक्ता रहेको बताएका छन्।राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर थापाले सामाजिक संजालमा लेखेका छन्,‘हामीले बनाएको संविधानको सफल कार्यान्वयन र लोकतन्त्रको संस्थागत विकासकालागि संविधानका पक्षधर राजनीतिक शक्तिबीचको सहकार्य र मेलमिलाप आजको आवश्यकता हो।’

उनले अगाडि भने,‘सुदृढ र एकतावद्ध कांग्रेसले मात्र त्यो आवश्यकता अनुरुपको जिम्मेवारी पुरा गर्न सक्छ। नेपाली कांग्रेसको भर्खरै सम्पन्न महाधिवेशनका क्रममा दुखेका मनहरूलाई टाल्दै पार्टीभित्र एकतावद्ध रुपमा नयाँ उर्जाका साथ त्यो कार्यभार पुरा गर्नुपर्नेछ।’

नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन १६ पुसलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउँदै आएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *