ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

दाङ । दाङमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । राप्ती गाउँपालिका–५, लठुवामा ट्रकको ठक्करबाट ६० वर्षीय पुरुषको मृत्यु भएको हो।
लु१ख ९६४७ नम्बरको मिनिट्रकले गए राति करिब १० बजे पैदल हिँडिरहेका उनलाई ठक्कर दिएको थियो । उनको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
ट्रक चालक फरार भएकोले खोजी कार्य भइरहेको प्रहरी चौकी सिसहनियाले जनाएको छ ।
प्रतिक्रिया
Facebook Comment