कांग्रेस नेतृ आरजु राणा नयाँ दिल्लीमा, बिजेपी महासचिव चौथाइवालेसँग भेट

डिसी नेपाल
१८ पुष २०७८ १३:५०

काठमाडौं। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा भारतको नयाँ दिल्ली पुगेकी छन्। कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी राणा अकस्मात दिल्ली पुगेकी हुन् । उनी दिल्ली जानुको प्रयोजनबारे केही खुलाइएको छैन।

आइतबार कांग्रेस नेतृ राणासँग भारतीय जनता पार्टी (बीजेपी) का महासचिव विजय चौथाइबालेले भेट गरेका छन्। उनले कांग्रेस केन्द्रीय सदस्य राणा व्यक्तिगत कामका लागि नयाँ दिल्ली आएका बेला भेट गरेको जानकारी दिएका छन्।

प्रधानमन्त्री देउवा पुसको अन्तिम साता भारत भ्रमणमा जाँदैछन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह प्रान्त गुजरातमा हुन लागेको कार्यक्रममा सहभागी हुन देउवा भारत भ्रमणमा जाँदैछन्।

गुजरातबाटै देउवा नयाँ दिल्ली जाने भएका छन्। प्रधानमन्त्री देउवाको भारत भ्रमण हुनुअघि आरजु राणाको नयाँ दिल्ली भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *