जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याण गुरुङलाई कांग्रेस केन्द्रीय सदस्यमा मनोनित

काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवाले थप तीन जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्।
३३ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउने व्यवस्थाअनुसार देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) अनुसार जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
सदस्यमा मनोनीत शाही खसआर्य कोटामा कर्णाली प्रदेश सचिवमा पराजित भएका हुन् भने पौडेलले केन्द्रीय महामन्त्री र गुरुङ केन्द्रीय सभापतिमा पराजित भएका हुन्। यसअघि शनिबार १० जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको थियो । १६७ केन्द्रीय कार्यसमितिअनुसार १३४ निर्वाचित र ३३ जना सदस्य मनोनीत गर्ने कांग्रेसको विधानमा व्यवस्था छ।
Facebook Comment