राष्ट्रियसभाका उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक जारी

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक बसिरहेको हो ।
बैठकले राष्ट्रिय सभाका उम्मेदवारहरुको नामावली टुंगो लगाउने बताइएको छ । यसअघि सातवटै प्रदेशले राष्ट्रिय सभा उम्मेदवारको लागि नाम सिफारिस गरिसकेका छन् ।
सचिवालय बैठकले ती नामका बारेमा टुंगो जनाइएको छ । एमालेको १०औं महाधिवेशनपछि पहिलोपटक बसिरहेको सचिवालय बैठकले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल गर्ने छ ।
प्रतिक्रिया
Facebook Comment