पत्रकारलाई मानव अधिकारसम्बन्धी तालिम सुरू

डिसी नेपाल
१८ पुष २०७८ २१:२७

काडमाडौं ।राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशले बागमती प्रदेशका १३ जिल्लामा कार्यरत पत्रकारलाई तीनदिने मानव अधिकारसम्बन्धी पत्रकारिता तालिम भक्तपुरमा सञ्चालन गरेको छ ।

तालिम उद्घाटनका क्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष टोपबहादुर मगरले मानवअधिकारकाको रक्षाले समाजलाई सबल र सुदृढ बनाउने भएकाले फ्रन्टलाइनर पत्रकारको पत्रकारिताले मानवअधिकार रक्षाका लागि टेवा पुग्ने बताए । पत्रकारले संवेदनशील भएर पत्रकारिता गर्नु अहिलेको आवश्यकता रहेको मनन गर्दै आयोगले मानव अधिकारसम्बन्धी समाचार लेख्नका लागि पत्रकारको क्षमता अभिवृद्धि गर्न जरुरी रहेकाले तालिमको आयोजना गरिएको बताए ।

आयोगका अध्यक्ष मगरले पत्रकार आफैँ पनि मानवअधिकार रक्षक भएको भन्दै समाजका विकृति र विसङ्गतिलाई न्यूनीकरणका लागि मानवअधिकार रक्षा हुने गरी समाचार सम्प्रेषण गर्नु आजको आवश्यकता रहेको औँल्याए ।

मानवअधिकार आयोगका महासचिव मुरारीप्रसाद खरेलले तालिमले मानवअधिकारलाई केन्द्रमा राखी पत्रकारिता गर्न र मानवअधिकारको विषयलाई गहनरूपमा बुझ्न सहज बनाउन तालिमले मद्दत पुग्ने चर्चा गर्दै मानवअधिकारको रक्षाका लागि पनि पत्रकारिता जरूरी रहेको बताए । वरिष्ठ पत्रकार प्रभुनारायण बस्नेतले पत्रकारले पनि मानवअधिकारको विषयलाई गहनरूपमा बुझ्न जरुरी रहेको आौल्याउँदै मानवअधिकार र पत्रकारिताबीच सम्बन्धले समाजलाई सही बाटोमा डो¥याउने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *