माओवादीको नवनिर्वाचित केन्द्रीय समितिको बैठक भोलि ३ बजे

डिसी नेपाल
१८ पुष २०७८ २१:५९

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक भोलि बस्ने भएको छ ।

नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक भोलि अपराह्न ३ बजे हेरिटेज प्लाजा सानेपामा बस्ने माओवादी केन्द्रले जनाएको छ। बैठकले पदाधिकारीको चयन गर्ने जनाइएको छ ।

आठौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २३६ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका थिए जसलाई हलले पास गरेको थियो । त्यसपछि निर्वाचन समितिले महाधिवेशनबाट निर्वाचित भएको घोषणा गरेको थियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *