बर्दियामा जङ्गली वयस्क हात्ती मृत फेला

काठमाडौँ ।बर्दियाको राजापुर नगरपालिका–१० ढुण्डिपुर गाउँमा जङ्गली वयस्क हात्ती मृत अवस्थामा फेला परेको छ ।
नेपाल–भारत सिमाना नजिक राजापुर–१० ढुण्डिपुर गाउँको गहुँ तोरी खेतमा आज जङ्गली हात्ती मृत अवस्थामा फेला परेको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख डा रवीन कडरियाले जानकारी दिए ।
रोग वा अन्य मृत्युका बारेमा थप अनुसन्धानलगायत पोष्टमार्टम रिपोर्ट आएपछि मात्र वास्तविकता पत्ता लाग्ने प्रमुख विडारीको बताए । दुई दिनअघि राजापुर–९ की ५४ वर्षीया भुसिया थारुको बाख्रा चराउन गएका बेला सोही क्षेत्रमा जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएको थियो ।
प्रतिक्रिया
Facebook Comment