न्यानो कम्बल वितरण
काठमाडौं ।‘साइन नेपाल’ नामक सामाजिक सस्थाले शिखर नगरपालिकाका ३०० नागरिकलाई न्यानो कम्बल वितरण गरेको छ ।ज्येष्ठ नागरिक तथा एकल महिलालाई कम्बल उपलब्ध गराइएको संस्थाका अध्यक्ष भक्तराज जोशीले जानकारी दिए । उनका अनुसार नगरपालिकाको वडा नं२ र ८ का आयस्तर कम भएका ती नागरिकलाई सामग्री उपलब्ध गराइएको हो ।
स्थानीय सरकारसँगको सहकार्यमा संस्थाले हाते ट्र्याक्टर, विद्यालयमा खेलकूद तथा कम्प्युटरलगायतका सामग्री वितरण गर्दै आएको छ ।
प्रतिक्रिया
Facebook Comment