मेडिकल कलेजको मनोमानी रोक्न शिक्षामन्त्री पौडेलले थाले अनुगमन

डिसी नेपाल
२२ पुष २०७८ १४:४०

काठमाडौं। मेडिकल कलेजले विद्यार्थीबाट बढी शुल्क लिएको गुनासो आएपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले अनुगमन थालेका छन्।

कलेजले बढी शुल्क लिएको भन्दै विद्यार्थी आन्दोलनमा उत्रिएका बेला बिहीबार मन्त्री पोडेल भक्तपुरको काठमाडौं मेडिकल कलेज (केएमसी) पुगेर समस्याबारे जानकारी लिएका हुन्।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासहित पुगेका मन्त्री पौडेलले कलेजका प्रिन्सिपल डा. रतिन्त्रनाथ श्रेष्ठसँग विद्यार्थीको आन्दोलन र कलेजले बढी शुल्क लिएको भन्ने विषयमा जानकारी लिएका थिए।

सो क्रममा प्रिन्सिपलले आफूहरुले बढी शुल्क नलिएको र चिकित्सा शिक्षा आयोगका कारण समस्या भएको पटक पटक मन्त्रीसँग गुनासो गरे। यसपछि प्रमुख जिल्ला अधिकारी शर्मालाई विद्यार्थीका प्रतिनिधि, अभिभावक र कलेजका प्रतिनिधिबीच छलफल राखेर मन्त्रालयलाई जानकारी गराउन निर्देशन दिए।

साथै मन्त्री पौडेलले आफूहरूले शुल्क बढी नलिए प्रमाणित गर्न प्रिन्सिपल श्रेष्ठलाई चुनौती पनि दिए। प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शुक्रबार बिहान साढे १० बजे वार्ता गराउने भएकी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *