पार्टी कार्यालयमा कार्यरतमा कोरोना सङ्क्रमण भएपछि प्रचण्डको भेटघाट बन्द

काठमाडौं।पार्टी केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण भएपछि नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियमित भेटघाटलाई स्थगित गररेका छन्।केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीलाई समेत कोभिड– १९ सङ्क्रमणको पुष्टि भएकाले तत्कालका लागि भेटघाटका कार्यक्रम स्थगित गरिएको उनको सचिवालयले जनाएको छ ।
पार्टीको नियमित कामलाई केन्द्रीय कार्यालयमार्फत नै व्यवस्थित गर्ने प्रयास गरिएको जानकारी दिँदै अध्यक्ष प्रचण्डका स्वकीय सचिव गंगा दाहालले कतिपय संवाद, भेटघाट, बैठक र छलफललाई प्रविधिको प्रयोगमार्फत सहजीकरण गरिने बताए।
उनले ततकालका लागि पार्टी केन्द्रीय कार्यालयमा समेत कोरोना सङ्क्रमणको पुष्टि भएकाले भीडभाडमा पनि सतर्कता अपनाउन आग्रह गररेका छन् । पार्टी कार्यालयमा कार्यरत कर्मचारीमाा कोरोना पुष्टि भएको तथा देशभर नै कोरोनाको सङ्क्रमणको जोखिम थप बढेको भन्दै अध्यक्ष दाहालको सचिवालयले स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न तथा सावधानी अपनाउन आग्रह गरेको छ ।
Facebook Comment