एमाले तेह्रथुम अधिवेशन : अध्यक्षमा तिवारी र कन्दङवाको उम्मेदवारी घोषणा

तेह्रथुम। नेकपा एमाले तेह्रथुमको ११आैं अधिवेशनमा नयाँ नेतृत्वका लागि अध्यक्षमा लछुमन तिवारी र तेजमान कन्दङवाले उम्मेदवारी घोषणा गरेका छन्। जिल्ला अध्यक्ष तथा निर्वाचन क्षेत्र क का प्रदेश संसद तिवारी र निर्वाचन क्षेत्र ख का प्रदेश संसद कन्दङवाले जिल्ला अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका हुन्।
६ वटै पालिकाहरु सर्वसहमत नेतृत्व चयन गरेको एमाले तेह्रथुम जिल्ला अधिवेशनमा दुई जनाको दाबेदारी देखिएको हो। जिल्ला अध्यक्षसमेत रहेका तिवारीले प्रदेश १ को पूर्व उद्योग वन तथा वातावरण मन्त्रीसमेत हुन्।
त्यस्तै कन्दङवा पनि पूर्व जिल्ला अध्यक्ष हुन्। सहमतिमै नेतृत्व चयनका लागि प्रयास भइरहेका बेला उनीहरुले उम्मेदवारी घोषणा गरेका हुन्। सर्वसम्मत नयाँ कमिटी चयन गर्नेगरी प्रयास भइरहेको प्रचार विभाग प्रमुख तथा कार्यालय सदस्य छत्र रिमालले बताए।
Facebook Comment