विवेकशील साझा पार्टीको अन्तराष्ट्रिय समिति भंग, मिश्र समूहसँग सम्बन्ध विच्छेदको घोषणा

काठमाडौं । विवेकशील साझा पार्टीका अन्तराष्ट्रिय समिति संयोजक सुरेश भट्टले समिति भंग गरेको घोषणा गरेका छन् ।
समितिमा पार्टी अध्यक्ष रविन्द्र मिश्रले अवैधानिक हस्तक्षेप तथा पार्टीविरोधी काम गरेको भन्दै भट्टले मिश्र समूहसँग सम्बन्ध विच्छेदको घोषणा पनि गरेका छन् ।
मिश्रले पुस १ मा भट्टलाई अन्तर्राष्ट्रिय समितिका संयोजकको भूमिकाबाट हटाएका थिए ।
यस्तो छ भट्टको विज्ञिप्ती
विवेकशील साझा अन्तर्राष्ट्रिय समिति भंग तथा पार्टीविरोधी मिश्र समूहसँग सम्बन्ध विच्छेदको घोषणा
‘व्यवस्था हैन, अवस्था परिवर्तन’लाई राजनीतिको मूल ध्येय बनाएर एक दशक देखि विवेकशील आन्दोलन हुँदै स्थापित विवेकशील साझा पार्टीलाई अस्वाभाविक हिसावले व्यवस्था बिरोधि, संविधान विरोधी, परिवर्तनविरोधी र प्रवासी नेपाली विरोधी, परिवर्तन विरोधी पार्टीको रुपमा चित्रित गर्ने रवीन्द्र मिश्रको दुस्प्रयासप्रति विवेकशील साझा अन्तर्रष्ट्रिय समिति घोर भ्रर्त्सना गर्दछ।
असहज परिस्थितिमा समेत विवेकशील नेपाली दल र साझा पार्टीबीच एकिकरण भई बनेको विवेकशील साझा पार्टी मार्फत वैकल्पिक राजनीतिलाई नेतृत्व गर्न पाएको अवसरलाई दुरुपयोग गर्दै राप्रपामा मिसिनको लागि ‘बार्गेनिङ्ग टुल’को रुपमा पार्टीलाई दुरुपयोग गरेकोमा गम्भीर विमति र आपत्ति व्यक्त गर्दछौँ।
साथै, यहि विज्ञप्ति मार्फत विवेकशील साझाको अन्तर्रास्ट्रिय समितिले रविन्द्र मिश्र नेतृत्वको राप्रपा छिर्न उद्दत समूहसंग सम्बन्ध बिच्छेद गरेको घोषणा गर्दछौँ। तथापी, वैकल्पिक राजनीतिको महाअभियानलाई नयाँ सिराबाट संगठित र पुनर्गठन गर्न फरक परिस्थितिको विकास भएकाले पार्टीका समस्त राष्ट्रिय सद्भाव समूहरुसँगै अन्तर्राष्ट्रिय समिति समेत भंग भएको घोषणा गर्दछु।
पुनश्चः पार्टीको विचार त्यागेर बाटो परिवर्तन गरि नागरिक अभिमतबाट अपदस्थ राजतन्त्रको पक्षमा विवेकशील साझाको नाम, चिन्ह र पहिचान प्रयोग नगर्न सचेत गराउँदछौँ। पार्टीका सद्भाव समूहहरु तथा अन्तर्राष्ट्रिय समिति भंग भएपनि पुनः नयाँ तरिकाले प्रवासी नेपालीहरुको हकहितका लागि प्रवासमा रहेका वैकल्पिक राजनीतिका शुभेच्छुकहरु संगठित हुने नै हुँदा यस निर्णयबाट न आत्तिन र पुनः वैकल्पिक राजनीतिको मूल(बाटोमा संगठित हुन हार्दिक अपिल गर्दछु। आगामी दिनमा प्रवासी नेपालीलाई मताधिकार दिलाउन ‘नोट चल्ने, भोट नचल्नेरु’ अभियानलाई तिव्रता दिनेछौँ र प्रवासी नेपाली समुदायसँग सधैँ उभिनेछौँ।
सुरेश भट्ट
संयोजक
विवेकशील साझा अन्तर्राष्ट्रिय सद्भाव समिति
Facebook Comment