प्रदेश १ मा २७२ मा कोरोना सङ्क्रमणको पुष्टि

डिसी नेपाल
२८ पुष २०७८ १९:२७

काठमाडौं। प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा २७२ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ७३४ को पीसीआर परीक्षण गर्दा २३३ र २८१ को एन्टीजेन परीक्षण गर्दा ३९ मा कोरोना सङ्क्रमण देखिएको हो । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १४५, सुनसरीमा ३९, झापामा ३१, भोजपुर र पाँचथरमा एक–एक र प्रदेश बाहिरका १६ जनामा सङ्क्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ११९, बूढीगङ्गामा १३, सुनवर्षी र बेलबारीमा तीन/तीन, उर्लाबारी र सुनवर्षीमा दुई/दुई, कटहरी, धनपालथान र रतुवामाईमा एक/एक, सुनसरीको धरानमा १६, इटहरीमा ११, इनरुवामा पाँच, रामधुनीमा दुई, बर्जु र दुहवीमा एक/एक र स्थानीय तह नखुलेका तीन, झापाको मेचीनगरमा २०, विर्तामोडमा पाँच, भद्रपुर र कनकाईमा दुई/दुई, अर्जुनधारा र दमकमा एक/एक, भोजपुरको षडानन्द र पाँचथरको फिदिममा एक/एक र प्रदेश बाहिरका १६ जनामा सङ्क्रमण देखिएको हो ।

प्रदेशमा आज १० महिलासहित २२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा सङ्क्रमणबाट एक पुरुषको मृत्यु भएको छ । यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या ५९७ रहेको मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *