एमाले रौतहट अधिवेशन १ माघमा

डिसी नेपाल
२९ पुष २०७८ १२:२८

रौतहट। नेकपा (एमाले) रौतहटको जिल्लाको अधिवेशनको उद्घाटन यही १ माघमा हुने भएको छ। कटहरिया नगरपालिकामा आयोजना हुने सो अधिवेशनका लागि प्रतिनिधि चयन गर्ने कार्य धमाधम भइरहेको छ।

‘माघ १–२ मा कटहरिया अधिवेशनले रौतहट जिल्लामा एमालेमा नयाँ नेतृत्व चयन गर्नेछ,’ जिल्ला अध्यक्ष तुल्सीराज गिरीले भने, ‘अहिले धमाधम अधिवेशन प्रतिनिधि चयनको काम भईरहेको छ।’

एमाले प्रदेश–२ मा आन्तरिक विवादका कारण सिरहाबाहेक अन्यमा नयाँ नेतृत्व आएका छैनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *