ललितपुर चौतारीको अध्यक्षमा विएम, सचिवमा अशोक

डिसी नेपाल
२९ पुष २०७८ २१:२७

काठमाडौं। प्रेस चौतारी ललितपुरको अध्यक्षमा विएम आचार्य सर्वसम्मत निर्वाचित भएका छन् । ललितपुरको कुमारीपाटीमा बिहीबार आयोजित पाँचौं जिल्ला अधिवेशनले आचार्यलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

कार्यसमितिको सचिवमा अशोक दुलाल, उपाध्यक्षमा शान्ति घिमिरे, नवीन लुइटेल, सहसचिवमा अविन लिम्बु, सन्तोष दाहाल, कोषाध्यक्षमा ईश्वर महर्जन सर्वम्मत निर्वाचित भएका छन् । सदस्यहरुमा सुभानु आचार्य, कल्याण पौडेल, लक्ष्मण दुलाल, सुरेश तामाङ, रवि महर्जन,ज्ञान बहादुर महर्जन,रेखा खुलाल,संगम श्रेष्ठ,नरेन्द्र चालिसे, विद्धान कुलुङ चयन भएका छन् ।

अधिवेशनमा निवर्तमान कार्यसमितीका सह संयोजक अशोक दुलालले स्वागत मन्तव्य राख्दै ललितपुरको पत्रकारितालाई अघि बढाउन स्थानीय पत्रकारितालाई प्रबर्धन गर्नु पर्ने बताए । उनले भने, ‘स्थानीय पत्रकारितालाई अघि बढाउन पत्रकारिता पुरस्कार स्थापनाका लागि अक्षय कोष स्थापना गर्नुपर्छ ।’ सहसंयोजक दुलालको प्रस्तावमा समर्थन जनाउँदै नेकपा एमालेका प्रदेश कमिटी सदस्य दामोदर खड्काले १ लाख रुपैयाँ सहयोगको घोषणा गरेका थिए ।

कार्यक्रममा चौतारीका संयोजकले प्रतिवेदन प्रस्तुत गर्दै पत्रकारिता तालिम तथा हरेक महिना अनर्तक्रिया गर्ने योजना अघि बढाएका थिए ।कार्यक्रममा गण्डकी प्रदेशका पूर्वमुख्य मन्त्री पृथ्वी सुव्वा गुरुङले आजको समाजमा जुझारु पत्रकार आवश्यक रहेको र प्रेस चौतारीले यस्ता पत्रकारहरु जन्माउने बताएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *