डमरुवल्लभ भट्टराईको ‘अनुभव र चिन्तन’ तिलस्मी उपन्यासजस्तो
दश महिना अगाडिमात्र प्रकाशित २१६ पेजको ‘अनुभव र चिन्तन’ पुस्तक र यसका लेखक डमरुवल्लभ भट्टराईको यस उप्रान्त डिवीको विभिन्न सरकारी अहोदामा बसी बटुलेको मूलतः अनुभवको दस्तावेज रहेछ।
आफूले गरेका उपलब्धी गर्न मन लागरे पनि बाधा अड्चनले गर्न नसकेका र यसो गर्नुपर्यो भन्ने लागेका विषय सन्र्दभहरु दुई दशकअघि निवृत्त भएपछिको जीवन दर्शनलाई जोडेर तिनलाई चिन्तनमा पर्गेल्नु भएको देखिन्छ।
जति पढ्यो उति पढौँ पढौँ लाग्ने यो किताव सत्य तथ्यपरक रुपमा एउटा सरकारी कर्मचारीले लेखेको भए पनि भाषा र अभिव्यक्तिको धनी भएर हो कि अथवा डिवीजस्ता विनम्री स्वभावका प्रमुख जिल्ला अधिकारी पनि थिए। आफूलाई साह्रै तटस्थमात्र होइन अन्तिम पानामा पुगेर आफूलाई नै तलै पारेर लेखिसक्नु भएको देखेर म एकछिन रन्थनिएँ।
आजको मपाईँको जमानामा आफ्नो बढप्पन नदेखाई सरल भाषामा अरुलाई श्रेय दिएर लेख्न सक्नु ठूलो खुवी हो। मैले आफूले भोगेका प्रायः प्रजिअहरुले मलाई नेपाली कांग्रेस भनेर हायलकायल धम्की, धरपकडबाहेक नभोगेकीले डिवीको अजंगको अग्लो ज्यान प्रजिअ भएर थर्काएर प्रशासन चलाएको होस् भनेको त कति जाति हुनुहुँदो रहेछ।
त्यस्ता प्रजिअ मेरो जिल्लामा हुँदा हुन त म अझै पनि धनकुटाकै रैथाने भएर बस्थेँ होला। नयाँ शिक्षा लागेकै दिन प्रजिअले मलाई २०३० साल साउनमा काठमाडौं सरुवा गरिदिएको चोट अझै ताजै छ । डिवीले ६ वटा जिल्लामा १३ वर्ष प्रजिअ भएर बस्दा सबै खेमाको मन जितेर काम गरेको सह्रानीय लाग्दछ।
चाहे लीलानाथ जस्ता खाँटी कांग्रेस वा इन्द्र कार्कीजस्ता कम्युनिष्ट सबैसँग सुमधुर सम्बन्ध राख्न सकेको देखिन्छ किताव पढ्दा। तापनि २०१५ सालको आमनिर्वाचनमा लीलानाथजीले सूर्यबहादुर थापालाई पराजित गरेको लेखिदिएको भए अझै रोचक हुने थियो।
विमान अपहरणको सन्दर्भलाई उल्लेख गरेरमात्र पुग्दैन। अब त दुर्गा सुवेदीको बिमान विद्रोहसमेत प्रकाशित भइसकेको छ। प्रजिअको काम जिल्लाको शान्तिसुरक्षा कायम गर्ने नाममा विरोधीलाई दुख दिने परम्परा तोडेको हो त? किन त्यस्ता विद्रोह हुन्थे? कारण र तिनको निराकारणका बाटाहरुपनि औंलाई दिएको भए जाति हुन्थ्यो।
३९ वटा छोटा, छोटा उपशीर्षकमा किताव बाढिएकाले पढ्न पनि सजिलो र बुझ्न पनि प्रष्ट हुँदा हुँदै कुनै कुनै दुइ तीन उपशिर्षक टाढा, टाढा भएर पनि एउटै सन्दर्भका देखिन्छन्। त्यसका लागि चाहिँ पाठकले त्यो अघिल्लो च्याप्टरको सन्दर्भ अर्को कुनमा गएर गाँसिन्छ पत्ता लगाई सिलसिलेवार स्थापति गर्नुपर्ने देखिन्छ। सरकारी काइते कागजी प्रतिवेदन लेख्ने हातले यति सुन्दर अनुभूति पनि लेखिँदो रहेछ।
मपाईँका सवाललाई तटस्थ राखेर कलम चलाउन सक्नु पनि लेखनमा अभ्यास र अनुभव नभइ हुँदैन। डिवीको निम्न एक हरफले धेरै सत्य तथ्यको बोध हुन्छ—‘प्रधानमन्त्रीको सचिव हुँदाको केही टिपोट निकाले। त्यहाँ निराशै निराशको अभिव्यक्ति पो रहेछ।’
अनुत्तरित प्रश्नको यो मनोभाव २०४६ सालको राजनीतिक परिवर्तनपछि सुरु भएको हो भने बहुदलीय व्यवस्थामै गम्भीर प्रश्न चिन्ह लाग्दछ। अनुभवहीन, सिक्न नचाहने निर्दोष नेतागढ र पञ्चायतका पुरातनवादी निजामती सेवा, सिद्धान्तभन्दा दाउपेज र तेरो मेरोमा केन्द्रित अवस्था सृजना भएको हो भने त्यसलाई अझै उजागर गर्न पुगेन।
निजामती सेवाका कर्मचारीलाई जो सत्तामा पुग्यो त्यसले पजनी गर्ने उदाहरण सही भएर पनि कसैलाई चोट नपुगोस् भन्नु त साधुसन्तले मात्र भन्छन्। यहाँ पञ्चायती पजनीको पुरै च्याप्टर छुटेको छ। म आफूपनि २०३३ सालको चारै वर्षको अनुभवपछि पञ्चायती राजको पजनीमा परेकी हुँ।
त्यतिबेला प्रशासनमा ब्राहमणवादको हावी र पुरुष ब्राहाणलेमात्र जान्न सक्ने लोक सेवा आयोगका प्रश्न आदि, इत्यादि थिए भनी खुबै हल्ला र हल्लाका भरमा छापामा पनि आउने गरेको थियो। तर डिवीका प्रशासकीय गुरुहरु प्रायः ब्राहमण इतरका जनजातिहरु देखिन्छन्। यो सत्यता किन आउन सकेन होला बाहिर ?
डिवीको २०२८ सालको अमेरिकाको तालिमी भ्रमण त झनै रोमाञ्चकारी तिलश्मी उपन्यास पढेजस्तो लाग्यो र त्यसको प्रमुख नायक पात्र असाध्यै सुन्दर व्यक्तिले समकक्षी विदेशी महिलाहरुलाई लोभ्याएका परिदृश्यले भवानी भिक्षुको ‘त्यो फेरि फर्कला’को नायक जस्तो रोमाञ्चकारी परिस्थितिको कल्पना जाग्दो रहेछ।
युगाण्डाका काला साथीको मुखबाट अमेरिकाको रंगभेदी सन्र्दभ कोट्याएको ठिक छ। त्यो बेलादेखि यो किताब छापिदा झण्डै आधा शताब्दी बितेको छ। रंगभेदलाई वर्तमानमा जोडिदिएको भए सुनमा सुगन्ध हुनेथियो। त्यस्तै पाकिस्तानबाट बंगलादेश जन्मेको सन्दर्भ अलिक थपेर भारतको छिमेकी गिद्दे नीतिमा नेपाल गाँस्न पाएको भए?
जे भए पनि अमेरिकी तीन महिने तालिमभर रमाइला व्यक्तिहरुसँग भेटी रोमाञ्चकारी रुपमा बितेको मात्र देखिँदैन। नेपाल फर्केपछि आत्मवल बढेकोमात्र नभई राजकीय व्यवस्था र स्थानीय प्रशासनको भेद बुझ्न प्रष्ट भएको देखियो। त्यसैगरी सेडाको तालिमबारे पनि अलिक थपेको भए राम्रो हुने थियो। धान,चामल निर्यात कम्पनीको सेरोफेरोबारे उत्थानमात्र भयो। अर्को संस्कारमा कन्जुस्याँइ नगरी लेखिदिनु ताकि आजका भुँइफुट्टाहरुले पनि बुझुन् कि हामी धान चामल निर्यात गर्दथ्यौँ, आयातमात्र होइन अहिलेजस्तो।
त्यस्तै विमान अपहरणको सन्र्दभलाई उल्लेख गरेरमात्र पुग्दैन। अब त दुर्गा सुवेदीको बिमान विद्रोहसमेत प्रकाशित भइसकेको छ। प्रजिअको काम जिल्लाको शान्तिसुरक्षा कायम गर्ने नाममा विरोधीलाई दुख दिने परम्परा तोडेको हो त? किन त्यस्ता विद्रोह हुन्थे? कारण र तिनको निराकारणका बाटाहरुपनि औंलाई दिएको भए जाति हुन्थ्यो।
गाउँ फर्कको जन्म र त्यसले सृजना गरेको भेदभावी पञ्च अपञ्च नीतिबारे केही लेख्नै पथ्र्यो। त्यसो त पञ्चायत इतरकालाई जनमतपछि मात्र लेखनको मूलधारमा प्रवेश गराइएको छ। ता पनि पञ्चायतका बेला पनि जिल्ला सुरक्षा समितिको रेकर्डले बिटुल्याएका शिक्षित व्यक्तिहरुलाई शिक्षक बनाउने राम्रो जुक्ति निकालेको रहेछ-परिक्षणकालमा रहने गरी नियुक्ति दिएर।
यो प्रसंसनीय कार्य लाग्यो। नागरिकताको विकेन्द्रीकरण पनि अव्बल दर्जाको उपलब्धी हो। तथापि यो संस्थागत हुन नसकेकोमात्र होइन, आमाका सन्तानले नागरिकता पाउने अवस्था आज साँगुरिएको छ भने छिमेकीलाई नागरिकता बेच विखन गरेको तथ्यांक बढेको छ।
ती समस्यालाई कसरी समाधान गर्न सकिन्थे भन्ने उपायहरु अनुभवी प्रशासकबाटै आउनु पथ्र्यो कि? मैले सुनेको चाहिँ हो पुरानो सत्ताका धुर्त स्यालहरुले नै आफ्ना समकालीन मित्रहरुको खोइरो खनी पजनीमा सघाएका थिए रे।
विकट हिमाली जिल्लामा कहीँ नपुगिने बाटो निर्माण र ओभरसियरको रक्स्याहा स्वभाव लेख्न कलम नरोकिएकोलाई म इमान्दारिता भन्दछु। जिल्लाको प्राकृतिक सौन्दर्यको वर्णनले पाठकलाई रमाइलो दिन्छ। अरुण नदी किनारको बृद्धाश्रम उल्लेख गर्दा योगमायाले ६८ जना चेलाचेलीसंग अरुणमा हामफाली धर्मराज्यको माग पूरा नभएको विद्रोह लेखिदिएको भए कस्तो रोमाञ्चक हुने थियो।
विकट हिमाली जिल्लाको अवस्थामात्र दयनीय होइन रहेछ। काठमाडांैको हलचोक गाउँका स्कुलका विद्यार्थी सुकुलमाथि बसी पढ्नु परेका मात्र नभएर सरकारी राष्ट्रिय योजनाको छलफल पनि सुकुलमाथि नै बसेर भएको तथ्यलाई बत्तिमुनि अध्यारो लेख्नुभएको छ।
तर यो पिछडिएको अवस्था रहिरहन कुन यथास्थितिवादी शक्तिको कुप्रभाव रहेको होला? जवाफ पाइन। एक व्यक्तिको क्षणिक अहंकार सन्तुष्टिका लागि राज्यले व्यहोर्नु परेको क्षतिको परिकल्पना घत लाग्दो भएर पनि उजागर हुनसकेको छैन। यही परिवेशमा घटना र परिघटना घटेका घटाएका कारण नेपालमा उथल पुथलबाट झरेर भाँडभैलो मच्चिएको रहेछ।
राजनैतिक नेतृत्व पाहुनाजस्तो आउने जाने भए। तर स्थायी सरकार ब्युरोक्रेसी (नोकरशाही) किन कमजोर भयो त? ब्याख्या चाहियो। अब त न्याय सेवा पनि बिटुलिएको छ। ठिक लेख्नुभयो डिवी, असल नियत एउटा पक्षमात्र रहेछ। विद्यार्थी आन्दोलनको सन्र्दभ कोट्टिन पुग्दा आफू पनि एक सक्रिय आन्दोलनकारी भएकी हुनाले होला अलिक रोमाञ्चित हुन पुगें। अझै बढी लेखेको भए हुने जस्तो लाग्यो।
२०४६ सालको परिवर्तन र प्रजातन्त्र पुर्नःस्थापना प्रक्रियालाई अलिक बढी व्याख्या गरी गिरिजा सरकार कसरी बन्यो लेखेर गिरिजा सरकारमा आएपछि निजामति सेवा विकृति उन्मूख भएको भनी लेखेको भए अझै राम्रो हुन्थ्यो। किनकि किसुनजीले त २०४७ सालको संविधानसमेत निर्माण गराई थिति कायम गर्नुभयो। मलाई जहाँसम्म लाग्छ उहाँले निजामतीमा खलल पार्नु भएन।
मेरो अनुत्तिरित प्रश्न जन्मन्छ निजामती सेवा नियमावलीको अंगभंग बनाउने गिरोहविरुद्ध किन लड्न नसकेका पुराना अनुभवी प्रशासकहरु पनि? नारायणहिटीबाट सिंहदरबारमा प्रशासन सर्दा जनतालाई सजिलो पहुँच हुनुपर्नेमा ‘जिल्ला प्रशासन वेवारिसे जस्तो लाग्दैछ’, नीति निर्देशन स्पष्ट दिशाबोध कतै छैन, सवत्र अलमल छ, अनिश्चित छ, टालटुले छ, सतही छ। हेरेर मिलाएर गर्नुहोस भन्ने पन्छाउने पारा छ भन्ने अभिव्यक्तिले समस्याको स्वरुप त वर्णन गर्छ नै। तर ती समस्यालाई कसरी समाधान गर्न सकिन्थे भन्ने उपायहरु अनुभवी प्रशासकबाटै आउनु पथ्र्यो कि? मैले सुनेको चाहिँ हो पुरानो सत्ताका धुर्त स्यालहरुले नै आफ्ना समकालीन मित्रहरुको खोइरो खनी पजनीमा सघाएका थिए रे।
डिवीले प्राय घटनाक्रमलाई प्रष्ट व्याख्यासहित जोडेर राम्रो काम गर्नुभएको छ। सत्ता बाहिरकालाई मात्र नेपालमा अनिश्चितता छ भन्ने लागेको त सत्तामा धैरै बर्ष काम गरेकालाई पनि अनिश्चितता रहेछ भनेपछि हामी नेपालीको पछौटेपनको कारण अग्रज अनुभवीलाई प्रयोगमा ल्याउन नसकेरै हो त?
एमालेको ‘आफ्नो गाउँ आफै बनाउँ’ र पञ्चायतको ‘गाउँ फर्क राष्ट्रिय अभियान’ कुन हदसम्म समान असमान? मेरो प्रश्नको जवाफ आफ्नै कितावमा दिउँला। तर यतिसम्म म भन्छु पञ्चायती गाउँफर्कमा बामहरुकै हावी थियो र त्यसको निर्देशिका कम्युनिष्ट चीनको रातो किताव (रेड बुक)जस्तै र जत्रै छापेका थिए।
२०३२-०३३ साल तिरका घरेलुका हाकिम दामोदर गौतम, गिरिजाका पालाका राज्य सचिवमा अनुभवकै कारण बढुवा हुनुभएको होइन र? आफ्नो जिम्मेवारी पन्छाउने उच्चतहका कर्मचारीले नेतालाई सोध्नोस् वा दलका नेताको आशीषवेगर केही गर्न सकिन्न भनी नीरिहता प्रकट गरी आफूलाई दोषमुक्ति गराउन जिम्मेवारी पन्छाएको हो कि? पञ्चायतका पालामा राजालाई सोध भन्न मिल्दैन थियो। राजासम्म जनताको पहुँच नै थिएन।
पञ्चायतका पालामा नातावाद कृपावादको भोगाइ जानेकी खेपेकी मलाई ‘अनुभव र चिन्तन’ ले बहुदलको आगमनसँगै राजनीतिवाद पनि थपेजस्तो मात्र लाग्यो। बहुदलको समर्थक हुँदा हुँदै पनि सरकारी उद्योग तथा कम्पनीहरु निजीकरणको नाममा लिलाम बिक्री गरेको मलाई पनि चित्त बुझेको छैन। मेलम्चीको कथा व्यथाको किस्सा त आज पनि सक्किए जस्तो लाग्दैन।
कांग्रेस एमालेको चाकाचुली सरकारको छोटो तुलना चाखिलो हुँदाहुँदै पढ्न मन हुँदै गर्दा सकिन्छ। बेइजिङमा हुने महिला सम्मेलनमा भाग लिन जाने प्रतिनिधिमा प्रधानमन्त्रीकै छोरीको नाम छुटेको प्रसंग मलाई वावु पिराहा छोरी, छोरा र बुहारीका कथाले नेपाली राजनैतिक परिपाटीलाई धिकार्ने अवस्थामा पूर्याएको जस्तो लाग्छ।
व्याख्या गर्न कन्जुस्याँइ भएकामध्ये दुईवटा राजनैतिक सन्र्दभमा उल्लेख्य टिप्पणी पुगेन। एमालेको ‘आफ्नो गाउँ आफै बनाउँ’ र पञ्चायतको ‘गाउँ फर्क राष्ट्रिय अभियान’ कुन हदसम्म समान असमान? मेरो प्रश्नको जवाफ आफ्नै कितावमा दिउँला।
तर यतिसम्म म भन्छु पञ्चायती गाउँफर्कमा बामहरुकै हावी थियो र त्यसको निर्देशिका कम्युनिष्ट चीनको रातो किताव (रेड बुक)जस्तै र जत्रै छापेका थिए। सायद सचिवको कलमबाट यसो लेख्न हुँदैन थियो कि? दोस्रो सन्र्दभ गिरिजाको जिद्धिले ओखलढुंगा काण्ड घटेको यथार्थ हो र पनि अलिक प्रष्ट्याईँ नदिँदा अनभिज्ञ पाठकवर्ग अल्मलिने अवस्था देख्दछु। यस्तै हराएको डाँकमा तत्कालीन हुलाक व्यवस्था, हुलाकी मार्गका बारे रोचक हुँदा हुँदै पनि लेखन कमी भयो। राणाकालदेखि कै डाँक बोकेर लठ्ठीमा घण्टीको टिनटिन बजाउँदै हिड्ने हुलाकीको सजीव वर्णन पूरा नभई त्यसै तुहिन्छ।
सर्वाङ्गीण राष्ट्र निर्माणको रुपरेखा कोर्न, बजेट खटनपटन गर्न सरकारी उच्च निकाय राष्ट्रिय योजना आयोगकोसमेत एक प्रकारको निरिहता देखिन्छ। वैदेशिक रोजगार र श्रम मन्त्रालयको दायित्वको उजागर पुगेन। त्यसैले महिला जगतमा ल्याएको आर्थिक परिवर्तनलाई केही स्थान दिनुपर्ने थियो। अमेरिका मोहमा परेका र यतै बसोबास गर्ने बुहारीमात्र होइन श्रीमतीले नै पनि नेपाली संस्कार कमै पालना गर्छन्।
उहाँ बसेका जिल्लाका महिलाका स्थितिबारे थोरै लेखिदिएको भए सुनमा सुगन्ध हुने थियो। थकथक लाग्यो डिवी मेरो लैंगिक तालिममा पर्नुभएन छ। पचहत्तरै जिविस सभापति र उपहरुसँग चाहिँ अन्तरक्रिया भएको थियो।
जुन देशमा बसाँइ सर्छन् त्यही देशको कुनै हदसम्म संस्कृति, संस्कार समाजमा नभिजी नेपाली पुरातनवादी भएर ‘मेरो गोरुको बाह्रै टक्का’ गर्नेले विदेश मोहमा नफसे हुन्छ भन्ने मेरो भनाइ छ। नाति नातिनामा परिवर्तन खोज्नेले उनीहरुका लागि आफू परिवर्तित भएर रम्नुपर्ने हुन्छ। २८ वर्ष निजामति सेवामा काम गरेका ६ वटा प्रधानमन्त्री पचाएका लेखकले महिलाबारे कलम चलाउन कन्जुस्याँई गरेको पक्कै हो।
न त आमाको बारेमा खास टिपोट,न श्रीमतीका बारे खास उल्लेख्य कुरा, नत समकालिन निजामती सेवाका महिलाका बारे । उषा नेपाल त प्रजिअ नै भइसक्नु भएको थियो कि? उमाजीको उल्लेख पनि अफ्टेरो भूगोलको चित्रण गर्दा परेको छ।
चतराबाट अस्पताल पुगि उमाजीले के पाउनु भयो? अवस्था कस्तो रह्यो? मेरो जान्ने उत्सुकता निदान हुन नपाउँदै डिवीको कलम जाजरकोट पुग्छ । र पाँचथर,सल्यान तथा संखुवासभा हुँदै काठमाडौं जान्छ। त्यस्तै अरव मरुभूमि कि अनाथ चेलीको प्रसंग छुस्स हेरेरमात्र पुगेन। श्रममा काम गरेका व्यक्तिले नीतिगत स्थितिलाई पनि प्रष्ट्याउनु धर्म होइन र?
डिवीको अनुभव र चिन्तन मैले होसियारी साथ दुईपटक पढेँ। अद्योपान्त चाखलाग्दो छ। किताबमा कैदभएका पुरुष वर्गमध्ये मैले प्रायलाई व्यक्तिगत रुपमै चिनेकाले रमाइलो लाग्यो नै। तर यो कितावको सबैभन्दा कमजोरी पक्ष भनेको लैंगिक सन्दर्भ समसमायिक वर्णनमा नगाँसिनु रहेको छ। उहाँ बसेका जिल्लाका महिलाका स्थितिबारे थोरै लेखिदिएकोे भए सुनमा सुगन्ध हुने थियो।
थकथक लाग्यो डिवी मेरो लैंगिक तालिममा पर्नुभएन छ। पचहत्तरै जिविस सभापति र उपहरुसँग चाहिँ अन्र्तक्रिया भएको थियो। मन्त्रालयहरुमा पनि जेन्डर फोकल प्वाइन्ट स्थापना गरेको हो। भर्खरै प्रकाशित कितावले लैंगिक विभेद गरेको जस्तो लाग्यो। म यसलाई मेरो निराशाको पंक्तिमा राख्दिन। यो त हामी सम्पूर्ण हाम्रो समानताको सन्देश स्वर खोज्नेहरुकै कमी कमजोरी हो। हामी डिवीको हृदयमा पुग्न र उहाँलाई पगाल्न असमर्थ भएका रहेछौँ।
अन्त्यमा मलाई घत लागेको छ, ब्राहमणले लेखेको कितावको भाषा सम्पादक नेवार हुनुहुँदो रहेछ : डा.चन्द्रमान श्रेष्ठ। किताबको मूल्यपनि किन्न सकिने नै रहेछः रु ३७५। मैले लेखकबाट सितैमा प्राप्त गरेँ। प्रकाशक एवं वितरक पैरवी बुक हाउस प्रा.लि पुतली सडक काठमाडौंलाई धन्यवाद यो अमूल्य किताव प्रकाशित गरेकोमा। यो कितावले अरु कर्मचारीलाई पनि आफ्ना अनुभवहरु लेख्ने प्रेरणा देओस्।
Facebook Comment