सहसचिव खरेललाई सचिवमा बढुवा

डिसी नेपाल
२ माघ २०७८ १७:३८

काठमाडौं । सरकारले राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव शङ्करप्रसाद खरेललाई विशिष्ट श्रेणीको सचिवमा बढुवा गर्ने  निर्णय गरेको छ ।

बढुवा समितिको सिफारिसमा सहसचिवत्रय रामेश्वर दंगाल, मुकुन्द निरौला र शंकरप्रसाद खरेलको नाम सिफारिस गरेको थियो। खरेल २०४४ साल साउन १ मा सेवा प्रवेश गरेका थिए। उनी २०६९ फागुन २६ मा सहसचिवमा पदोन्नति भएका थिए। जागिरे जीवनको लामो समय लोकसेवा आयोग,योजना आयोग,आन्तरिक राजश्व विभागमा बिताएका छन् । खरेल आगामी ४ माघबाट अनिवार्य अवकाशमा जाँदैछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *