जनकपुर उद्योग वाणिज्य संघद्वारा जनकपुर स्थायी राजधानी र मधेस प्रदेशको नाम राख्न माग

डिसी नेपाल
२ माघ २०७८ २२:४०

काठमाडौं।जनकपुरधाम उद्योग वाणिज्य संघले प्रदेशको २ को स्थायी राजधानी जनकपुरधामलाई मुख्यमन्त्री लालबाबु राउतदेखि सम्पूर्ण पार्टीका संसदीय दलका नेतालाई ज्ञापनपत्र बुझाएको छ ।

संघका अध्यक्ष जितेन्द्र महासेठ नेतृत्वको जनकपुरधाम उद्योग वाणिज्य संघका पदाधिकारीले आइतबार मुख्यमन्त्री राउत, सभामुख सरोज कुमार यादव, प्रमुख प्रतिपक्षी दलका नेता जितेन्द्र सोनल, कांग्रेसका दलका नेता रामसरोज यादव, नेकपा एमालेका सांसद किशोरी साहलाई अलग-अलग ज्ञापन पत्र बुझाएका हो ।

त्यसैगरि, नेकपा एसका संसदीय दलका नेता तथा उद्योग पर्यटन तथा वन मन्त्री सत्रुधन महतो र माओवादी केन्द्रका संसदीय दलका नेता आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहलाई पनि ज्ञापन पत्र बुझाएको छ । प्रदेश सभाको गठन भएको झण्डै ४ वर्ष भइसक्दा पनि प्रदेशको नाम र राजधानीमा दलहरूबीच नहुनु दुःखद र खेदजनक विषय रहेको भन्दै संघले तत्काल दुवै विषयको टुंगो लगाउन दलहरूसँग आग्रह गरेको छ ।

प्रदेश २ का राजनीतिक दलका नेताहरूलाई ज्ञापन पत्र बुझाउँदै सोमबार हुन लागेको मतदानबाट अस्थायी रहेको जनकपुरधामलाई स्थायी राजधानी बनाई बिलम्ब नगर्न आग्रह गरेका छन् । विभिन्न आन्दोलन र त्याग बाट प्राप्त भएको संघीयतामा प्रदेश २ का सर्वसाधारण जनताले मधेस प्रदेशसहित समुन्नत नेपालको सपना देखेको संघको भनाई छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *