प्रदेश २ को राजधानी जनकपुर पारित

डिसी नेपाल
३ माघ २०७८ १६:०४

काठमाडौं।प्रदेश २ को राजधानी जनकपुर पारित भएको छ । प्रदेशसभाको सोमबारको बैठकले प्रदेशको राजधानी जनकपुरलाई बहुमतले पारित गरेको हो ।जनकपुर र वीरगञ्ज दुईवटा नाम प्रस्ताव भएकोमा जनकपुरलाई दुई तिहाइ बहुमतले पारित गरेको हो । मतदानमार्फत प्रदेश २ ले राजधानीको नाम टुंगो लगाएको हो ।

प्रदेशसभामा भएको निर्वाचनमा जनकपुरको पक्षमा ७८ मत खसेको हो । जुन दुई तिहाइ बहुमत छ । विपक्षमा २६ मत परेको थियो ।१०४ सदस्यीय प्रदेशसभामा दुई तिहाइ बहुमतका लागि ७० मत आवश्यक पर्छ ।

यसैबीच जारी प्रदेशसभा बैठकले प्रदेशको नाम टुंगो लगाउने तयारी गरेको छ । यसका लागि मतदान प्रक्रिया सुरु हुँदै छ ।प्रदेशको नाममा चारवटा नाम प्रस्ताव भएको छ । जसमा मधेश प्रदेश, जानकी प्रदेश, मिथिला भोजपुरा प्रदेश र मध्य प्रदेश रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *