प्रदेश २ को नाम मधेश कायम

डिसी नेपाल
३ माघ २०७८ १७:५२

काठमाडौं । प्रदेश २ को नाम मधेश पारित भएको छ । प्रदेशसभाको सोमबारको बैठकले प्रदेशको नाम मधेशलाई दुई तिहाइ बहुमतले पारित गरेको हो ।

प्रदेशको नाममा मधेश प्रदेश, जानकी प्रदेश, मिथिला भोजपुरा प्रदेश र मध्य प्रदेश गरी चारवटा नाम प्रस्ताव भएको थियो । जसमा मधेश प्रदेशलाई दुई तिहाइ बहुमतले पारित गरेको हो ।

प्रदेशसभामा भएको निर्वाचनमा मधेशको पक्षमा ८० मत खसेको हो । जुन दुई तिहाइ बहुमत छ । विपक्षमा १९ मत परेको थियो ।१०४ सदस्यीय प्रदेशसभामा दुई तिहाइ बहुमतका लागि ७० मत आवश्यक पर्छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *