अत्यावश्यक बाहेकका सेवा वन्द
चितवन। जिल्ला प्रशासन कार्यालयले यही माघ ७ गतेदेखि १४ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने भएको छ । शुक्रबारदेखि लागू हुने गरी शान्ति, सुरक्षा र मुद्दासम्बन्धी अत्यावश्यक बाहेकका सबै सेवा रोकिने जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी आस्मान तामाङद्वारा जारी जरुरी सूचनामा कार्यालयमा कार्यरत विभिन्न फाँटका कर्मचारी कोभिड–१९ बाट सङ्क्रमित भई उपचाररत तथा आइसोलेशनमा रहेकाले सेवा स्थगन गरिएको उल्लेख गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी शर्माले तीन कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको र अन्य केहीको परिवारका सदस्यहरुमा कोभिड–१९ को सङ्क्रमण देखिएकाले उनीहरु आइसोलेशनमा रहेको जानकारी दिए। नागरिकता जारी गर्ने, राहदानी, संस्था नवीकरणलगायत नियमित काम माघ १४ गतेसम्म रोकिने भएका छन् ।
Facebook Comment