मुक्तिनाथ विकास बैंकले सञ्चालनमा ल्यायो ‘सर्वोत्कृष्ट बचत खाता’, ७.३५ प्रतिशत व्याज पाइने

डिसी नेपाल
११ माघ २०७८ ९:५८

काठमाडाैं । मुक्तिनाथ विकास बैंकले निक्षेपकर्ता ग्राहकलाई लक्षित गरी नयाँ बचत खाता सञ्चालनमा ल्याएकाे छ । बैंकले आकर्षक व्याजदरसहितकाे ‘मुक्तिनाथ सर्वोत्कृष्ट बचत खाता’ सञ्चालनमा ल्याएकाे हाे ।

बैंकको ग्राहकहरुले १० हजारको न्यूनतम मौजदातमा सर्वोत्कृष्ट बचत खाता खोल्न सक्नेछन् ।बैंकले यस बचत खातामा ग्राहकहरुलाई वार्षिक सर्वाधिक ब्याजदर ७ं.३५ प्रतिशतको दरले मासिक ब्याज भुक्तानी प्रदान गर्नेछ ।

यसबाट ग्राहकले ठूलो लाभ लिन सक्ने र बैंकको व्यवसाय वृद्धिमा सहयोग पुग्ने बैंकले जनाएको छ । यस खाताबाट मासिक बचत गर्ने र न्यूनतम लगानीमा उच्चतम प्रतिफल खोज्ने ग्राहकवर्गहरुलाई अत्यन्त फाइदा पुग्ने बैंकले जनाएकाे छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *