विदेशमा बस्ने नेपालीले नेपालको चुनावमा भोट दिन पाउनु पर्ने माग

वासिंगटन डिसी। विदेशमा बसोबास गर्ने र रोजगारी गर्ने नेपालीहरुलाई उनीहरु बसेकै स्थानबाट नेपालका निर्वाचनमा मतदानको अधिकार दिन माग गरिएको छ।
अमेरिकाको वासिंगटन डिसी स्थित नेपाली दूतावासमा कार्यवाहक राजदूतमार्फत प्रवासी नेपाली मञ्च, का विदेशस्थित सबै कमिटीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाका नाममा एक पत्र लेख्दै सो माग गरेको हो।
मञ्चको अन्तर्राष्ट्रिय कमिटीले नेपालमा परराष्ट्र मन्त्रालय तथा निर्वाचन आयोगमा र माहदेशीय कमिटी तथा राष्ट्रिय कमिटीहरूले जनवरी २४ सोमबार एकै दिन संसारभरिका नेपाली दुतावासहरूमा नेपालको नागरिकता कायम रहेका तर अध्ययन ,रोजगारी र विभिन्न पेशा व्यावसाय गरी प्रवासमा रहेकाहरुलाई सोही ठाउँबाट नेपालको निर्वाचनमा मतदानको व्यवस्था गर्न माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको मञ्चका अमेरिका अध्यक्ष प्रभुराम थापाले जानकारी दिए।
प्रवासी नेपाली मन्च अमेरिका राष्ट्रिय कमिटीले अमेरिकाको वासिंगटन डिसिस्थित नेपाली दूतावासमा मन्चका अमेरिका अध्यक्ष तथा अन्तर्राष्ट्रिय कमिटीका प्रचार विभाग प्रमुख प्रभुराम थापा, सचिव कृष्णप्रसाद लामिछाने ,न्यूोयोर्क ,पेन्सिलभेनिया ,मेरिल्यान्ड र भर्जिनिया राज्य कमिटीका पदाधिकारी तथा सदस्यहरुको सहभागितामा कार्यवाहक राजदुत कुमार खरेललाई ज्ञापनपत्र बुझायो।
सो अवसरमा दुतावासका ईकोनिमिक काउन्सिल होमकान्त भण्डारीकाे पनि उपस्थिति थियो। ज्ञापनपत्र बुझ्दै कार्यवाहक राजदूत खरेलले महत्वपूर्ण विषयको उठान् गरेकोमा मन्चलाई धन्यवाद दिँदै यसलाई प्रधानमन्त्री समक्ष पठाउने जानकारी दिए।
अन्तर्राष्ट्रिय कमिटी सचिवालय सदस्य डा विमला भन्डारी र भक्त गुरूङलगायतले भने परराष्ट्र मन्त्रलयका सचिव भरत पाैडेल र प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई ज्ञापन पत्र बुझाएका थिए।
पत्रमा संसारभर विभिन्न कामले छरिएर रहेका र विदेशको नागरिकता नलिएका नेपालीहरुलाई उनीहरु जहाँ बसेका हुन् त्यहीबाट नेपालका चुनावहरुमा मतदान गर्ने व्यबस्था मिलाउन माग गरिएको छ।
Facebook Comment