राष्ट्रियसभा निर्वाचन : प्रदेश १ मा बाहेक मतदान प्रक्रियामा सहभागी नहुने राप्रपाकाे निर्णय

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ मात्र मतदान प्रक्रियामा सहभागी हुने भएको छ। राप्रपाले प्रदेश १ मा बाहेक अन्य प्रदेशमा मतदान प्रक्रियामा सहभागी नहुने निर्णय गरेको हो।
अरु प्रदेशमा भने राप्रपाका उम्मेदवार नभएकाले मतदान प्रक्रियामा सहभागी नहुने निर्णय गरेको महामन्त्री भुवन पाठकले बताएका छन् । राप्रपाका वागमती प्रदेशमा दुई प्रदेशसभा सदस्य र दुई जना गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष मतदाता छन्।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा आज बसेको केन्द्रीय पदाधिकारीहरूको बैठकले यस्तो निर्णय गरेको हो। प्रदेश नंं १ मा पार्टीका उम्मेदवारहरू अम्बर बहादुर बिष्ट र रञ्जु प्याकुरेल उम्मेदवार रहेकाले उनीहरुको पक्षमा मतदान गर्न पार्टीका मतदातालाई बैठकले निर्देशन समेत दिएको छ।
Facebook Comment