पिपरा गाउँपालिकामा अख्तियारको छापा

काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले महोत्तरीको पिपरा गाउँपालिकामा छापा मारेको छ ।
गाउँपालिका कार्यालयविरुद्ध परेका विभिन्न ३२ वटा उजुरीको आधारमा अख्तियारको टोली अनुसन्धानका लागी छापा मारेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले जनाएको छ ।
‘जनप्रतिनिधि र कर्मचारीले विभिन्न योजनामा अनियमितता गरेको उजुरीको आधारमा कागजात नियन्त्रणमा लिएर अनुसन्धान थालेका हौं,’ अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रवक्ता मणिराम ज्ञवालीले भने ।
प्रतिक्रिया
Facebook Comment