राष्ट्रिय सभा निर्वाचन : राप्रपाले प्रदेश १ बाहेक अन्य प्रदेशमा मतदान नगर्ने

काठमाडौं। आज हुन गइरहेको राष्ट्रिय सभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो पार्टीका उम्मेदवारलाई मात्रै मतदान गर्ने भएको छ। आफ्नो पार्टीका उम्मेदवार नभएका प्रदेशमा मतदानमा सहभागिता नजनाउने राप्रपाले निर्णय गरिसकेकाे छ।
राप्रपा महामन्त्री भुवन पाठकका अनुसार प्रदेश १ मा आफ्ना पार्टीका उम्मेदवार अम्मरबहादुर विष्ट र रञ्जु प्याकुरेललाई मात्र मतदान गर्न भनिएकाे छ। राप्रपाले प्रदेश १ मा एमालेसँग सहकार्य गर्ने निर्णय गरेको थियो । तर, अहिले त्यो निर्णय परिवर्तन भएको छ।
प्रतिक्रिया
Facebook Comment