मधेश प्रदेशबाट माओवादीकी अर्याल राष्ट्रिय सभामा विजयी

डिसी नेपाल
१२ माघ २०७८ १८:५०

काठमाडौं । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत मधेश प्रदेशमा सत्तारूढ गठबन्धनकी उम्मेदवार उर्मिला अर्याल निर्वाचित भएकी छन्।

बुधबार मतदान सकिएसँगै भएको मतगणनामा माओवादी केन्द्रकी अर्यालले ६ हजार १ सय ५६ मतभार पाएकी हुन् । उनले लोकतान्त्रिक समाजवादी पार्टीकी रूपाकुमारी यादवलाई पराजित गरेकी हुन् । यादवलाई नेकपा एमालेले पनि समर्थन गरेको थियो ।

अन्यतर्फको एक जना राष्ट्रिय सभा सदस्यका लागि मतगणना जारी रहेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *