राष्ट्रिय सभामा निर्वाचनमा जनमोर्चालाई गठबन्धनको फाइदा, पायो एक सदस्य

डिसी नेपाल
१२ माघ २०७८ १९:०१

काठमाडौं । राष्ट्रिय जनमोर्चाले राष्ट्रिय सभामा प्रवेश पाएको छ ।

बुधबार सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा जनमोर्चाका उममेदवार लुम्बिनी प्रदेशबाट निर्वाचित भएका हुन् ।

सत्ता गठबन्धनमा रहेको जनमोर्चाका तुलप्रसाद बिक निर्वाचित भएसँगै राष्ट्रिय जनमोर्चाका एक सदस्य राष्ट्रिय सभामा भएका हुन् ।

जनमोर्चाबाट प्रतिनिधि सभामा एक जना सदस्य छन् । राष्ट्रिय जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेल प्रतिनिधि सभामा एमाले- माओवादी गठबन्धनबाट २०७४ सालको प्रतिनिधि सभामा निर्वाचित भएकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *