जुधेर गैँडा मर्यो
काठमाडौं। चितवन राष्ट्रिय निकुञ्जको सुरुङ खोलामा एउटा गैँडा मृत अवस्थामा फेला परेको छ । निकुञ्जको टाइगर टप्स पूर्वमा पर्ने सुरुङ खोलामा जुधेर गैँडा मरेको हो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार अन्दाजी १६/१७ वर्षको भाले गैँडा मरेको हो । अर्को गैँडासँग जुध्दा लखेटिएर भिरबाट खसेर खोलाको बगरमा गैँडा पुगेको थियो ।
गैँडाको खाग, खुर सुरक्षित रहेको प्रारम्भिक जानकारी प्राप्त भएको उनले बताए । योसँगै चालू आर्थिक वर्षमा निकुञ्जमा २३ गैँडा मरेका छन् । जसमध्ये दुई चोरी सिकारी, दुई मानवीय त्रुटि र १९ प्राकृतिक कारणले मरेका हुन् ।
प्रतिक्रिया
Facebook Comment