कांग्रेस कार्यालयमा मुख्य सचिव पद रिक्त

डिसी नेपाल
१३ माघ २०७८ ११:२०

काठमाडौं।नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयको मुख्य सचिव पद रिक्त भएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेल राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएपछि रिक्त हुन गएको हो ।

बुधबार भएको राष्ट्रिय सभा सदस्यमा बाग्मती प्रदेशबाट पौडेल विजयी भएसँगै कांग्रेस मुख्यालयको मुख्य सचिव पद रिक्त भएको हो । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले पौडेललाई मनोनीतबाट राष्ट्रिय सभामा ल्याउन चाहेका थिए ।

तर, राष्ट्रपति विद्यादेवी भण्डारीले पौडेल र गोपाल बस्नेतको नाम अस्वीकृत गरेकी थिइन् । बस्नेत पनि प्रदेश १ बाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *