राष्ट्रपति र प्रधानमन्त्रीबीच समसामयिक विषयमा छलफल

डिसी नेपाल
१३ माघ २०७८ १९:४६

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज अपराह्न राष्ट्रपति भवन शीतलमा समसामयिक विषयमा छलफल भएको छ ।

त्यस अवसरमा उनीहरूबीच बुधबार सम्पन्न राष्ट्रियसभाको निर्वाचन, कोभिड–१९ नियन्त्रण गर्न सरकारले गरेका प्रयास, स्थानीय निर्वाचन तथा अन्य समसामयिक विषयमा विचारविमर्श भएको थियो ।

“सम्माननीय राष्ट्रपति र सम्माननीय प्रधानमन्त्रीबीच अपराह्न ३ बजेदेखि करिब एकघण्टा भेटवार्ता भयो, यो नियमित भेट हो”, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले भेटबारे जानकारी दिँदै भने ।

स्थानीय निर्वाचनबारे राजनीतिक दलहरूसँग छलफल भइरहेको जानकारी दिँदै प्रधानमन्त्री देउवाले संविधानको कार्यान्वयनमा सरकार पूर्ण प्रतिबद्ध रहेको तथा संवैधानिक प्रावधानअनुसार समयमै निर्वाचन गर्ने दृढता व्यक्त गरेको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *