मुलुकको विकास गर्न निजी क्षेत्रमा लगानी गर्नुपर्नेः मुख्यमन्त्री राउत

काठमाडौं। मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मुलुकको विकास गर्न निजी क्षेत्रको लागानी आवश्यक रहेको बताएका छन् । सप्तरी उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित पदाधिकारीको आज राजविराजमा आयोजित पदस्थापन कार्यक्रममा उनले निजी क्षेत्रको उच्च सम्मान गर्दै उनीहरुको अनुसार नीति तथा कार्यक्रम नल्याएसम्म समृद्धि आउन नसक्ने बताए।
उनले राज्यले यसतर्फ ध्यान दिन नसकेको बताउँदै निजी क्षेत्र जग्गा खरिद गर्न ठूलो लगानी गर्न सक्ने अवस्थामा नभएकाले उद्योग सञ्चालन गर्न समस्या भइरहेको बताए। लिजमा जग्गा उपलब्ध गराउने सकिने भन्दै विद्युत्मा अनुदान दिने र उद्योग सञ्चालन भएको क्षेत्रमा सुरक्षा दिनेजस्ता कुरा ऐनमा राखिएको उनले बताए।
जनसङ्ख्यामा प्रदेश पहिलो भएपछि अरु क्षेत्रमा पनि मधेश प्रदेशलाई एक नम्बर बनाउने मुख्यमन्त्री राउतले दाबी गरे। विकास, शान्ति सुरक्षा र समृद्धिका मामिलामा मधेश प्रदेश एक नम्बर रहने उनको भनाइ थियो । प्रदेश सरकारले उद्योग ऐन ल्याइसकेको र तीन÷चार दिनभित्रै नियमावली पारित गरिने उनले जानकारी दिए।
Facebook Comment