प्रदेश नम्बर १ : प्रदेश सभा बोलाउन एमालेको माग

विराटनगर। नेकपा एमाले प्रदेश नम्वर १ संसदीय दलले तत्काल प्रदेश सभाको बैठक बोलाउन आग्रह गरेको छ।
विराटनगरस्थित प्रदेश सभा सचिवालयमा बसेको संसदीय दलको बैठकले प्रदेश सभाको बैठक स्थगित भएको करिब ३ महिना बितिसक्दा समेत जनताको आवाज मुखरित गर्ने थलो प्रदेश सभाको बैठक नबस्नु गलत भएको ठहर गरेको छ। संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले प्रदेश मंत्रालयहरु फुटाउने कार्यले प्रदेशलाई आर्थिक भार थपिने भएकाले मंत्रालय नफुटाउन समेत आग्रह गरिएको जानकारी दिए।
संसदीय दलको बैठकले प्रदेश सभाबाट पारित भएको बजेट कार्यान्वयन र विगतका सरकारले गरेका निर्णयहरु कार्यान्वयन बारे अनुगमन गर्न पूर्व मंत्री एवम् प्रदेश सांसद हिक्मत कार्कीको अध्यक्षतामा एक समिति गठन गर्ने निर्णय गरेको छ।
प्रतिक्रिया
Facebook Comment