बालुवाटारमा सत्तासाझेदार दलको बैठक जारी

डिसी नेपाल
१५ माघ २०७८ १७:१४

काठमाडौं । स्थानीय निकाय निर्वाचनलगायत विषयमा विचार–विमर्श गर्न सत्ता साझेदार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा पुनः प्रारम्भ भएको छ ।

बिहानको बैठक निष्कर्षमा पुग्न नसकेपछि अपराह्नका निम्ति पुनः निर्धारण गरिएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेता सहभागी छन् ।

पार्टीको काम विशेषले काठमाडौँबाहिर रहेकाले जनमोर्चाका प्रतिनिधि बैठकमा अनुपस्थित छन् । बिहानको बैठकले अपराह्न कानुनविद्सँग छलफल गर्ने तय गरेको थियो। अहिले भने सत्ता गठबन्धनका शीर्ष नेता मात्र बालुवाटार पुगेका छन्।

सत्ता गठबन्धनले यसअघि आगामी निर्वाच्न स्थानीय तहको निर्वाचन सम्बन्धमा कानुनविद्सँग् छलफल गरेको थियो। संविधानको धारा २२५ र स्थनीय तह सम्बन्धी ऐन, २०७३ बाझिएपछि कानुनविद्ले संविधान बमोजिमको कानुन बनाउनुपर्ने सुझाव दिएका थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *