जेठभित्र स्थानीय निर्वाचन गर्न सत्ता गठबन्धनमा सहमति

डिसी नेपाल
१५ माघ २०७८ १८:४०

काठमाडौं । सत्ता साझेदार दलको बैठकले आगामी जेठ महिनाभित्रै स्थानीय तहको चुनाव गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ ।

बिहानको बैठक निष्कर्षमा पुग्न नसकेपछि अपराह्न बसेको बैठकले जेठ महिनाभित्रै स्थानीय चुनाव सम्पन्न गर्न ५ दलीय संयन्त्रमार्फत् सिफारिस गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सत्ता गठबन्धनले यसअघि आगामी निर्वाचन स्थानीय तहको निर्वाचन सम्बन्धमा कानुनविद्सँग् छलफल गरेको थियो। संविधानको धारा २२५ र स्थनीय तह सम्बन्धी ऐन, २०७३ बाझिएपछि कानुनविद्ले संविधान बमोजिमको कानुन बनाउनुपर्ने सुझाव दिएका थिए।

सरकारका प्रवक्ता कार्कीले संविधानसँग बाझिएका कानुन संशोधनको तयारी गर्न पनि सरकारलाई सुझाव दिने निर्णय भएको बताएका छन् ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *