‘निर्वाचनको मिति घोषणा गर्न माग’

डिसी नेपाल
१६ माघ २०७८ २१:००

काठमाडौं ।प्रेस चौतारी नेपालले संविधान र लोकतन्त्रको रक्षाका लागि स्थानीय तहको निर्वाचन मिति चाँडो घोषणा गर्न माग गरेको छ । सो सङ्गठनका अध्यक्ष गणेश बस्नेतले आज विज्ञप्ति जारी गरी आम नागरिकको सेवासुविधासँग सरोकार रहेको स्थानीय तहको कार्यकाल सकिनै लाग्दासमेत सरकारले निर्वाचन मिति घोषणा नगरेकोप्रति ध्यानाकर्षण गराएका हुन्। नेपालको संविधानअनुसार आगामी २०७९ जेठ ५ गते स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त हुने र सो समय अगावै स्थानीय तहको निर्वाचन हुन नसके जनप्रतिनिधिको रिक्तता हुने चिन्ता व्यक्त गरिएकोछ ।

संविधानको धारा, २१५ र २१६ ले गाउँरनगरपालिकाको अध्यक्ष/प्रमुख, उपाध्यक्ष/उपप्रमुख, वडाध्यक्ष र सदस्यहरूको प्रत्यक्ष निर्वाचन हुने र निर्वाचित मितिले पाँच वर्ष पुगेकै मितिमा पदमुक्त हुने व्यवस्था गरेको छ । धारा, २१४ ले स्थानीय तहको सञ्चालन, स्थानीय कार्यकारीबाट हुने व्यवस्था गरेको छ । चौतारीले गृह मन्त्रालयमार्फत सामाजिक सञ्जाल नियमनका लागि जारी सूचना जारी गर्नुभन्दा कानून निर्माण गरेर नियमन गर्न पनि माग गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *