चाैध प्रमुख जिल्ला अधिकारीलाई गृहमन्त्रीले दिए फाेनबाटै निर्देशन

डिसी नेपाल
२० माघ २०७८ १०:०९

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले जिल्लाको शान्ति सुरक्षाको विषयमा १४ जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग कुराकानी गरेका छन् । विहिबार विहानै प्रजिअहरूसँग जिल्लामा कोभिड–१९ संक्रमण, जिल्लाको शान्ति सुरक्षा, जिल्ला प्रशासन कार्यालयमा कोभिड–१९ संक्रमण, जिल्लाबाट जनताले पाएका सेवा सुविधा, कर्मचारीको संख्या पुग अपुग के छ ? पठाउनु पर्छ कि पर्दैन ? जिल्ला सुरक्षा समितिको बैठक नियमित बसेको छ कि छैन भन्दै कुराकानी गरेका हुन् ।

गृहमन्त्री खाणले प्रमुख जिल्ला अधिकारीहरू इन्द्रदेव यादव (सुनसरी), काशीराज दाहाल (मोरङ), छविलाल रिजाल (झापा), कृष्णबहादुर कट्वाल (बारा), धर्मेन्द्र मिश्र (नवलपरासी पश्चिम), ऋषिराम तिवारी (रुपन्देही) सँग टेलिफोन संवाद गरेका हुन् । त्यसैगरी चक्रपाणी पाण्डे (कपिलवस्तु), किरण थापा (कैलाली), सूर्यबहादुर खत्री (बाँके), सन्तबहादुर सुनार (बर्दिया), हिरालाल रेग्मी (दाङ), उमेशकुमार ढकाल (पर्सा) र रामप्रसाद पाण्डे (कञ्चनपुर)सँग टेलिफोन संवाद गरेका छन् । त्यसैगरी नवलपरासी पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालसँग पनि कुराकानी गरेका थिए । । बिहानको चिया समयमा गृहमन्त्री खाणले नवलपरासी पूर्वका सहायक प्रजिअ बरालले गृहमन्त्रीले टेलिफोन गर्दा काम गर्दा सतर्कता अपनाउन र राम्रो काम गर्न ‘मोटिभेसन’ हुने बताए । ‘गृहमन्त्रीज्यूले जिल्लाको बस्तुस्थितिबारे जानकारी लिनुभयो,मन्त्रीज्यूले टेलिफोन गरेर यसरी जानकारी लिँदा काम गर्दा सर्तकता अपनाउन र राम्रो काम गर्न मोटिभेसन हुन्छ,’ बरालले भने । कञ्चनपुरका प्रजिअ पाण्डेले गहृमन्त्रीको टेलिफोनले आफूलाई मातहतका निकायसँगको सम्बन्ध र तथ्यांकबारे जतिबेला पनि जानकारी राख्न सर्तक रहन सिकाएको बताएको बताए । ‘सामान्यतया आन्तरिक विषयबस्तुमा महत्वपूण घटना नभई अन्य गृहमन्त्रीज्यूहरूले टेलिफोन गरेको जानकारी थिएन । अहिले मन्त्रीज्यूले टेलिफोन गर्दा काम गर्न जोस, जागर र सर्तक रहन सिकाएको छ,’ उनले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *