अमेरिकन ओपन टेनिस च्याम्पियनको पछि लागेर हैरान पार्ने नेपाली युवा अदालतबाट दोषी ठहर

डिसी नेपाल
२० माघ २०७८ ११:५२

काठमाडौं। अमेरिकन ओपन टेनिस प्रतियोगितागी च्याम्पियन रहेकी बेलायती टेनिस स्टार एम्मा राडुकानुको पछि लागेर हैरान पार्ने एक नेपाली युवा अदालतबाट दोषी ठहर भएका छन् । अमेजन कम्पनीमा डेलिभरी ब्वायको रुपमा काम गर्ने नेपाली युवा ३५ वर्षका अमृत मगरलाई अदालतले दोषी ठहर गरेको हो ।

अदालतमा सुनुवाइको क्रममा एम्माले ती नेपाली युवा पटक पटक उनको घरमा आउको र उनका पिताको जुत्ता ‘सम्झनाको लागि’ भन्दै चोरी गरेको भन्दै आफूले अत्यन्तै असुरक्षित महसुस गरेको बताएकी थिइन् । उनका अनुसार अमेजनका डेलिभरी ड्राइभरले उनको ठेगाना पत्ता लगाएर उनको घरमा नोटहरु, फूलहरु र क्रिसमस डेकोरेसन समेत छोड्न थालेका थिए ।

अमृत मगर विवाहित हुन् । डेलीमेलको एक रिपोर्टअनुसार उनले आफू बेरोजगार भएको समयमा एम्मालाई टेलिभिजनमा देखेपछि लण्डन गएर एम्माको ठेगाना सोधखोज गर्न थालेका थिए । एम्मा लण्डनमा मातापिताको साथमा बस्छिन् । उनको घर पत्ता लगाएपछि उनले एम्माको नाममा नोटहरु छोड्न थालेका थिए ।

उनले एम्माको सम्झेर एक जोर जुत्ता पनि चोरी गरेका थिए तर त्यो जुत्ता एम्माका पिता इयानको थियो । उनले डोरबेल क्यामेराबाट मगरलाई चिनेपछि पुलिसलाई सूचना दिएका थिए र उनको पिछा पनि गरेका थिए । पक्राउ परेपछि मगरको साथमा एक जोर जुत्ता भेटियो जुन उनले सम्झनाको लागि चोरी गरेको बताएका थिए । ब्राम्ले मजिस्ट्रेट कोर्टमा भएको सुनुवाइमा अदालतले मगरलाई दोषी ठहर गरेको छ । उनलाई अर्को महिना सजाय सुनाइनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *